एनएमबीद्वारा रोल्पाको धाङ्सीखोला जलविद्युत् आयोजनासँग सम्झौता
काठमाण्डौँ,फागुन १९
एनएमबी बैंक लिमिटेडले रोल्पा लगानी सम्मेलन २०७६ का क्रममा धाङ्सीखोला जलविद्युत् आयोजनाका लागि लगानीलगायत सबै किसिमका बैंकिङ सेवा उपलब्ध गराउने गरी सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । सम्झौतामा बैंककातर्फबाट प्रमुख व्यवसाय तथा रणनीति अधिकृत सुदेश उपाध्याय र रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसीले ऊर्जा तथा जलस्रोत मन्त्री वर्षमान पुन, एनएमबी बैंकका अध्यक्ष पवनकुमार गोल्यान, बैंक सञ्चालक समितिका सदस्य राजेन्द्र काफ्ले तथा रोल्पा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वकुमार चन्दलगायतको उपस्थितिमा हस्ताक्षर गरेका हुुन् । सो सम्झौता देशको दिगो विकासर्तफ बैंकले लिएको दिर्घकालीन रणनीतिअन्तर्गत पर्दछ, जहाँ जलविद्युत्ले ऊर्जा आत्मनिर्भरताका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दछ, बैंकले विज्ञप्तिमार्फत भनेको छ । आयोजनाले स्थानीय समुदायको ऊर्जा आवश्यकता सम्बोधन गर्न तथा यस क्षेत्रमा अझ बढी आर्थिक गतिविधि बढाउन सक्षम तुल्याउनेछ । मुलुकलाई ऊर्जा उत्पादनको क्षेत्रमा आत्मनिर्भरता हासिल गराउँनका लागि विभिन्न जलविद्युत् तथा नवीकरणीय ऊर्जाका आयोजनाहरूमा लगानी गर्दै आएकोे एनएमबी अग्रणी भएको दाबीसमेत बैंकले गरेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- मेरिकी सेनाका इन्डोप्यासिफिक कमान्डका उपकमान्डर जर्नेल काठमाडौंमा
- हवाई भाडा पुरानो दरमा कायम नगरे उडान बन्द गर्ने चेतावनी
- वाणिज्य बैंकहरूको निष्क्रिय कर्जा झण्डै चार प्रतिशत
- चुहावट नियन्त्रण गरी राजस्वको लक्ष्यमा पुग्ने सरकारको तयारी
- राष्ट्रिय फोटो पत्रकार समूहको अध्यक्षमा पुनः प्रदीपराज वन्त चयन
- आज देशभरको मौसम सफा रहने
- ठगीको अभियोगमा दुई पक्राउ
- राष्ट्रपति पौडेल आज अजरबैजान जानुहुँदै
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया