Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकलाकारिता र पढाइलाई एकसाथ बढाउँदै न्यौपाने

कलाकारिता र पढाइलाई एकसाथ बढाउँदै न्यौपाने


काठमाडौं । हाँस्य टेलिश्रृंखला ‘गाह्रो छ हो’, टेलिभिजन च्यानल ‘एपी वान’बाट प्रत्येक सोमबार बेलुका ८ बजेदेखि ८ः३० बजेसम्म प्रशारण हुने हाँस्य टेलिसिरियल हो । यो टेलिसिरियल ‘भटभटे माइला’ युट्युब च्यानलबाट पनि प्रत्येक सोमबार बेलुका ८ः३० बजे प्रशारण हुँदै आएको छ ।

यस टेलिश्रृंखलमा चर्चित कलाकारहरूको समूहले सारै हँसिला र समाजमा हुनेगरेको विकृति विसङ्गतिहरूलाई चिरफार गर्दै जस्ताको तस्तै प्रस्तुत गर्नेगरेका छन् । जसमध्येको एक चर्चित र सर्वाधिक मनपराइएकी कलाकारको नाम हो, आकृति न्यौपाने (सुन्दरी) । उनले मसक्कै मस्केर प्रस्तुत गरेको कलालाई दर्शकले साह्रै मन पराएका छन् ।

न्यौपाने पद्मकन्या क्याम्पस काठमाडौंमा मास्टर डिग्रीको दोस्रो सेमिस्टरमा मास्टर इन इंगलिस लिट्रेचर विषयमा अध्ययनरत छिन् । आफ्नो पढाइ र कलाकारितालाई सँगैसँगै लिएर भविष्यको उचाइ खोज्दै अगाडि बढ्दै गरेकी शिक्षित कलाकारको पहिचान बनाउने लक्ष्यका साथ अगाडि बढ्दै गरेकी बताउँछिन् ।

बुबा सिताराम न्यौपाने र आमा सानीमाया न्यौपानेको कोखबाट दोस्रो बच्चाको रूपमा जन्मेकी न्यौपानेका एक दिदी र एक भाइ छन् भने उनी बारा जिल्लाको सिमरा निवासी हुन् । न्यौपानेले बुहारी, गोलमाललगायतका टेलिसिरियलहरूमा पनि आफ्नो कला प्रस्तुत गरेकी छन् । कलाकारिता र पढाइलाई एकसाथ अघि बढाइरहेकी आकृतिलाई हामी पनि उज्वल भविष्यको कामना गर्दछौँ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x