‘गलकोट सांस्कृतिक तथा खेलकुद महोत्सव’ सुरु
बागलुङ । गलकोट नगरपालिका–६ मजुवा फाँटमा शुक्रबारदेखि ‘गलकोट सांस्कृतिक तथा खेलकुद महोत्सव २०७९’ सुरु भएको छ । ‘ड्रिम टिम गलकोट’द्वारा आयोजित महोत्सवको गलकोट नगरपालिकाका उपप्रमुख फमलाल निउरेले उद्घाटन गरेका थिए ।
कार्यक्रममा उनले महोत्सवबाट आर्थिक गतिविधि बढ्नुका साथै खेल, कला र संस्कृतिको प्रवर्द्धनमा टेवा पुग्ने बताए । कात्तिक ७ गतेसम्म चल्ने महोत्सवमा खुला भलिबल प्रतियोगिता, एकल नृत्य, गायन, रत्यौली, माछा छोप्ने (हत्केला खेल्ने), पुरुष रस्साकस्सी, दौड, ब्याडमिन्टनलगायत प्रतियोगिता राखिएको छ । कृषि उपज, स्थानीय तथा स्वदेशी उत्पादन, पुरातात्विक वस्तु र झाँकी पनि महोत्सवको आकर्षणका रूपमा रहेको आयोजक संस्थाका अध्यक्ष रुपक पाण्डेले जानकारी दिए ।
महोत्सवमा मौलिक कला, संस्कृतिको प्रदर्शन, रमाइलो मेला, बाल उद्यान र सांगीतिक कार्यक्रम पनि सञ्चालन हुनेछ । व्यापार, खेलकुद, स्थानीय कला, संस्कृतिको प्रवर्द्धनसँगै मनोरञ्ज गतिविधिका लागि महोत्सव आयोजना गरिएको अध्यक्ष पाण्डेले बताए । महोत्सवस्थलमा एक सय २० वटा व्यापारिक स्टल रहेका छन् ।
११ दिनसम्म सञ्चालन हुने महोत्सवमा झण्डै एक करोड रुपैयाँको कारोबार हुने आयोजकको अनुमान छ । महोत्सव अवधिभर हेलिकोप्टरबाट घुम्टे दर्शनसहित गलकोट आसपासका पर्यटकीय स्थलको अवलोकन पनि गर्न पाइने भएको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- प्रधानमन्त्री ‘ समिट अफ द फ्युचर’ मा सहभागी
- दुर्गा प्रसाईँ किन पक्राउ परे, उनलाई के सजाय हुन सक्छ ?
- संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्न गृह मन्त्रालयको निर्देशन
- पूर्वप्रहरी नायब महानिरीक्षक जोशी पक्राउ
- बैतडी जिल्लाको शिवलिङ्ग केन्द्रविन्दु भएर भूकम्प
- व्यवसायी दुर्गा प्रसाईं पक्राउ
- युक्रेनमा टेलिग्राम प्रयोगमा प्रतिबन्ध
- श्रीलंकामा राष्ट्रपति चयनको मतदान सम्पन्न
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया