ढुंगा प्रहारबाट सोलु भ्रमणमा आएका एक विदेशी घाइते
सोलुखुम्बु । सोलुखुम्बु भ्रमणमा आएका एक विदेशी पर्यटक अज्ञात व्यक्तिको ढुङ्गा प्रहारबाट घाइते भएका छन् । घाइते हुनेमा अमेरिकी नागरिक २५ वर्षीया महिला क्याथृङ रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
प्रहरी निरीक्षक रामकिशोर शाहका अनुसार असोज २७ गते बिहीबार सोलुदुधकुण्ड नगरपालिका २ स्थित सलुङ जङ्गलमा हिँड्दै गर्दा क्याथृङलाई एक अपरिचित पुरुषले टाउकोमा ढुङ्गा प्रहार गरी घाइते बनाएका हुन् । प्रहरीका अनुसार सुरुमा ती पुरुषले विदेशीसग डलर मागेको तर विदेशी महिलाले रकम दिन इन्कार गर्दा एक्कसि टाउकोमा ढुङ्गा प्रहार गरी भागेका थिए । ढुङ्गा प्रहारबाट विदेशी महिलाको टाउकोमा गहिरो चोट लागेको छ । उनको टाउकोमा सात टाँका लगाइएको जिल्ला अस्पताल फाप्लुले जनाएको छ । एकलै सोलु भ्रमण आएका अमेरिकी नागरिक उपचारपश्चात् काठमाडौं फर्किसकेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
सो घटनामा संलग्न भएको आरोपमा प्रहरीले स्थानीय एक युवकलाई पक्राउ गरेको छ । घटनापश्चात् प्रहरी चौकी बेनीबाट खटिएका प्रहरी टोलीले ३५ वर्षीय दावा जाङ्बु शेर्पालाई पक्राउ गरी अनुसन्धान थालेको प्रहरीले जनाएको छ । पक्राउ परेका शेर्पा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको हिरासतमा रहेका छन् ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया