Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनेपालमा उत्पादित पाम आयल जोखिममा

नेपालमा उत्पादित पाम आयल जोखिममा


विराटनगर फागुन २०
भारतले आफ्ना आयातकर्तालाई नेपालबाट प्रशोधित पाम आयल आयात गर्न अनुमति दिने निर्णय गरेको एक महिना बितिसक्दा पनि भारतको वैदेशिक व्यापार निर्देशनालयले भारतीय आयातकर्तालाई नेपालबाट पाम आयल ल्याउन अनुमति दिन आलटाल गरेको पाइएको छ । करिब दुई महिनाअघि भारत सरकाबाट अकस्मात रोकिएको प्रशोधित पाम आयलको भारत निकासी खुलेको हल्ला गरेर भारत सरकारले अहिलेसम्म पाम आयलको आयातमा भारतीय व्यापारीहरूलाई आलटाल गरेको सुनसरी मोरङ औद्योगिक करिडोरका एक उद्योगीले जानकारी दिए । पछिल्लो समय भारतका आधा दर्जन व्यवसायीले आयातको अनुमति लिइसकेको भए पनि भारतका उद्योगीलाई नै नेपालबाट पाम आयल आयात हुँदा समस्या पर्ने भन्दै आयातको अनुमति लिएका भारतीय व्यवसायीलाई रोकेको स्थानीय उद्योगीले बताए । जसको कारण भारतीय व्यवसायीले आयात अनुमति लिए पनि नेपालबाट अहिलेसम्म पाम आयलको निकासी हुन नसकेको ती उद्योगीले बताए । भारतले नेपालबाट पाम आयल आयात गर्न केही कम्पनीहरूलाई अनुमति दिइसकेको भए पनि भारत सरकारले नै नेपालबाट प्रशोधित पाम आयल आयात गर्न भारतीय कम्पनीकै विरोध भएको भन्दै रोकेको उद्योगीको दाबी छ ।

दुई महिनाअघिसम्ममा भारतीय व्यवसायीले नेपालबाट ४० हजार मेट्रिकटन प्रशोधित पाम आयल आयात गर्ने अनुमति लिइसकेका थिए । तर, भारतीय व्यवसायीले थप आयातको अनुमति माग गरेको आशंकामा भारत सरकारबाटै रोकावट भएको हुनसक्ने नेपाली व्यवसायी एवं उद्योगीहरूले बताउन थालेका छन् । भारत सरकारले गत पुुस २३ गते एक्कासी सूचनामार्फत प्रशोधित पाम आयलको आयातमा प्रतिबन्ध लगाएको थियो । यसबाट भारतीय बजारलाई लक्षित गरी उत्पादन बढाएका नेपालका उद्योग प्रभावित भएका थिए । पछिल्लो समय प्रशोधित पाम आयल नेपालको पहिलो निर्यातयोग्य वस्तु बनेको थियो । नेपालको कुल निर्यातमा यसको २५ प्रतिशत अंश थियो । तर, भारतले पाम आयल आयातमा रोक लगाएपछि पुसदेखि नै नेपालबाट भारततर्फ यसको निकासी पूर्णरूपमा रोकिएको छ ।

भारत सरकारले नेपालबाट पाम आयल आयात रोकेसँगै नेपाली व्यवसायीहरूले भारतलाई लक्षित गरी तयार गरेको करिब एक लाख मेट्रिक टन प्रशोधित पाम आयलको स्टक नेपाली उद्योगीहरूसँग रहेको छ । नेपाली उद्योगीले मलेशिया र इन्डोनेशियाबाट कच्चा पाम आयल भित्र्याएर प्रशोधन गरी भारत निकासी गर्दै आएका थिए । तर, भारतकै प्रतिबन्धका कारण स्वदेशी उद्योगले भित्र्याएको करिब एक लाख मेट्रिक टन कच्चा पाम आयल गोदाममा थन्किएर अब बिग्रने अवस्था आएपछि उद्योगीले चिन्ता व्यक्त गर्न थालेका हुन् । उद्योगीहरूले त्यो पाम आयल कसरी व्यवस्थापन गर्ने अन्योल भइरहेको बताएका छन् । सुनसरी मोरङ औद्योगिक करिडोरमा सञ्चालित उद्योगहरूको मात्र १० करोडबराबरको पाम आयल त्यसै थन्किएको छ । उक्त पाम आयल यहाँ सञ्चालित पशुपति खाद्यतेल उद्योग, श्रीराम रिफाइन, बाबा भेजिटेबल, स्वस्तिक आयल, क्वालिटी रिफाइनरीले उत्पादन गरी भारत निकासीका लागि तयारी अवस्थामा राखेको पनि ती उद्योगीले जानकारी दिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x