Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारआगामी ५ वर्षमा भारतले पौने ५ खर्ब डलर एफडीआई भित्र्याउने

आगामी ५ वर्षमा भारतले पौने ५ खर्ब डलर एफडीआई भित्र्याउने


नयाँ दिल्ली । भारतले आगामी पाँच वर्षमा ठूलो परिमाणमा विदेशी लगानी भित्र्याउने देखिएको छ । विभिन्न सुधार र आर्थिक वृद्धिलाई ध्यान दिँदै भारतले आगामी पाँच वर्षमा चार खर्ब ७५ अर्ब अमेरिकी डलर प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) भित्र्याउने एक रिपोर्टले देखाएको हो ।

ईवाई र सीआईआईको संयुक्त रुपमा तयार गरिएको रिपोर्ट ‘भिजन विकसित भारत– एमएनसीको लागि अवसर र अपेक्षा’मा यस्तो अनुमान गरिएको हो ।

रिपोर्टअनुसार ७१ प्रतिशत बहुराष्ट्रिय कम्पनीहरुले आफ्नो वैश्विक विस्तारको लागि भारतलाई एक आकर्षक लगानी गन्तव्य मानेका छन् । त्यस्तै ९६ प्रतिशतले लामो समय भारतीय अर्थव्यवस्थाबारे सकारात्मक रहेको बताएका छन् । एमएनसीले जीएसटी लागू, विभिन्न क्षेत्रमा सरकारबाट डिजिटल प्रयोगलाई बढावा र करमा पारदर्शितासहित अन्य सुधार भएको भन्दै स्वागत गरेको छ ।

उक्त सर्वेक्षणअनुसार धेरैजसो बहुराष्ट्रिय कम्पनीलाई आगामी तीनदेखि पाँच वर्षमा भारतीय अर्थतन्त्रले निकै राम्रो गर्ने अपेक्षा गरेको देखिएको छ । यसअनुसार पौने पाँच खर्ब वैदेशिक लगानी भित्रिनसक्ने देखिएको बताइएको छ ।

पछिल्लो समय भारतको एफडीआईमा लगातार वृद्धि देखिएको छ । आर्थिक वर्ष २०२१÷०२२ मा ८४.८ अर्ब डलरको लगानी भित्रिएको थियो ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x