Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारविश्व लगानीकर्ता सप्ताह, २०२२ :

विश्व लगानीकर्ता सप्ताह, २०२२ :

एनआईसी एसिया क्यापिटलको पुँजी बजार साक्षरतासम्बन्धी कार्यक्रम सञ्चालन


काठमाडौं । एनआईसी एसिया क्यापिटल लिमिटेडले आफ्नो स्थापनाकालदेखि नै संस्थागत सामजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको छ । सोही कार्यलाई निरन्तरता दिने क्रममा विश्व लगानीकर्ता सप्ताह, २०२२ को अवसरमा गण्डकी प्रदेशअन्तर्गत टुकी रिसोर्ट, लेकसाइड, पोखरामा प्रदेशस्तरीय पुँजी बजार साक्षरता कार्यक्रम यही असोज २८ गते सम्पन्न गरेको कम्पनीको जानकारी दिएको छ ।

उक्त कार्यक्रममा क्यापिटलका उच्च तहका अधिकारीहरूले डिम्याट खाता, प्रथामिक सेयर, धितोपत्रको दोस्रो बजार, मुद्रा बजार उपकरणहरू, सामूहिक लगानी कोष, दोस्रो बजारमा सूचीकृत कम्पनीहरूमा लगानी गर्दा कहिले कसरी लगानी गर्न सकिन्छ तथा लगानीसम्बन्धी निर्णय लिँदा विशेष ध्यान दिनुपर्ने कुराहरूलगायत समग्र पुँजी बजारको पछिल्लो अवस्थाको सम्बन्धमा विस्तृत जानकारी तथा छलफल गरिएको थियो । मर्चेन्ट बैंकहरू उपत्यका केन्द्रित रहेको र काठमाडौं उपत्यका बाहिरबाट मर्चेन्ट बैंकहरूले प्रदान गर्ने सेवा प्राप्त गर्न निकै असहज भएको जनगुनासो बारम्बार आउने गरेको हुँदा उपत्यका बाहिरबाट कसरी मर्चेण्ट बैंकहरूले उपलब्ध गराएको सेवा लिन सकिन्छ र नयाँ लगानीकर्ताहरूलाई सहजरूपमा पुँजी बजारमा आबद्ध भई सुरक्षित र सहजरूपमा सेयर कारोबार गर्न सकुन भन्ने मुख्य उद्देश्यका साथ उक्त साक्षरता कार्यक्रम आयोजना गरिएको हो ।

उक्त कार्यक्रममा ६० जनाभन्दा बढी लगानीकर्ताहरूको सहभागिता रहेको थियो । साथै आगामी दिनमा सोही प्रकृतिको साक्षरता कार्यक्रम अन्य स्थानहरूमा समेत गर्ने कम्पनीले जानकारी दिएको छ । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x