दुई लाख ८० हजारबराबरका अवैध कुखुरा नष्ट
बुटवल, फागुन २०
जिल्ला प्रहरी कार्यालय रूपन्देहीले दुई लाख ८० हजार रूपैयाँबराबरका अवैध कुखुराहरू नष्ट गरेको जनाएको छ । प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी खड्कबहादुर खत्रीका अनुसार प्रहरीले अवैधरूपमा भारतबाट नेपाल भित्र्याउँदै गरेको अवस्थामा फेला पारी नष्ट गरेको हो । जिल्ला प्रहरी कार्यालय रूपन्देहीबाट खटिएको प्रहरी टोलीले १८ गते आइतबार रोहिणी गाउँपालिका–५ तेनुवामा भारतबाट अवैधरूपमा नेपालतर्फ साइकल र मोटरसाइकलमा बोइलर कुखुरा लोड गरी ल्याउँदै गरेको अवस्थामा फेला पारेको थियो ।
नियन्त्रणमा लिन खोज्दा कुखुरा ल्याउने मानिसहरू कुखुरा छाडी भागेका थिए । प्रहरीले तत्काल स्थानीय मानिसहरूको रोहबरमा सात सयवटा कुखरा बरामद गरी आवश्यक कारबाहीको लागि पशु क्वारेन्टाइन चेक पोष्ट बेलहिया पठाइएको थियो । उक्त कुखुराहरू रोहिणी खोलामा खाल्डोमा पुरी नष्ट गरिएको प्रहरीले जनाएको छ । प्रतिगोटा दुई किलोका दरले एक हजार चार सय किलो मूल्याङ्कन गरिएको सूचना अधिकारी खड्कबहादुर खत्रीले जानकारी दिए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- सर्वसाधारणका लागि खुला गरिएपछि धरहरा चढ्नेको भीड
- प्राधिकरणको उदीपुर सबस्टेसन निर्माण सम्पन्न
- मेटा र स्पोटिफाईद्वारा युरोपेली सङ्घको एआई सम्बन्धी अस्पष्ट निर्णयको आलोचना
- प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान
- नुवाकोटमा आधुनिक बन्दी गृह
- विकास निर्माणका लक्ष्य किन सधैँ अधुरा
- संविधान संशोधनबाट राजनीतिक अस्थिरताको सम्बोधन गर्न सकिन्छ : प्रधानमन्त्री
- संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ: राष्ट्रपति पौडेल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया