एभरेष्ट बैंकको न्यूरोड शाखाको औपचारिक उद्घाटन
काठमाण्डौँ,फागुन २०
एभरेष्ट बैंकले आफ्नो न्यूरोड कम्प्लेक्समा अवस्थित न्यूरोड शाखा औपचारिकरूपमा सञ्चालनमा ल्याएको छ । बैंकको नयाँ परिसरमा ग्राहकमैत्री संरचना मात्र नभएर यसले आधुनिक बैकिङ सुविधाहरू पनि प्रदान गर्दछ । नयाँ शाखा परिसरको औपचारिक उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले गरेका हुुन् । सोही समारोहमा डेपुटी गभर्नर र प्रमुख कार्यकारी अधिकृत जीके नेगीले शाखाका पुराना तथा बफादार ग्राहकहरूलाई संयुक्तरूपमा सम्मानित गरेका छन् ।
चेक डिपोजिट, युटिलिटी बिल भुक्तानी र एटीएमजस्ता आधुनिक बैकिङ सुविधाहरू र ई–लबीमार्फत ग्राहकहरूलाई सहज बैकिङ सेवा प्रदान गर्न यो शाखालाई डिजाइन गरिएको छ । सो अवसरमा अन्य विशिष्ट अतिथिहरू डा. सन्धिरकुमार, डीजीएम र बैंकका अन्य वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो । बैंकमा हाल कुुल ग्राहक संख्या १० लाखभन्दा बढी रहेको छ । एभरेष्ट बैंक, हालै बेष्ट म्यानेज्ड कमर्सियल बैंक २०१९ सम्मानित बैंक हो । बैंकले ९५ स्थानीय शाखा, तीनवटा एक्सटेन्सन काउन्टर, ३० राजस्व संकलन काउन्टर, एक सय २३ एटीएमबाट मजबुत सेवा प्रदान गदै आइरहेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- आज देशभरको मौसम सफा रहने
- ठगीको अभियोगमा दुई पक्राउ
- राष्ट्रपति पौडेल आज अजरबैजान जानुहुँदै
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- प्रधानमन्त्री ओलीको चीन भ्रमण राष्ट्रियहितका लागि: एमाले
- मानव तस्करीको आरोप लागेका पूर्वमन्त्रीलाई एमालेले गर्यो निलम्बन
- हवाई भाडा नियन्त्रणका लागि पाँच बुँदे सहमति
- चीनको अर्थतन्त्र सुधार्ने कोसिसलाई ट्रम्पले उल्ट्याइदिन सक्छन्?
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया