Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसिटी एक्सप्रेसको नाममा हुण्डीको धन्दा

सिटी एक्सप्रेसको नाममा हुण्डीको धन्दा


काठमाडौं । काठमाडौंको कमलादीमा आफ्नो मुख्य कार्यालय राखी विगत १५ वर्षदेखि पैसा भुक्तानी प्रदायकको सेवा गर्दै आएको सिटी एक्सप्रेस मनि ट्रान्स्फर प्रालि हुण्डी कारोबारमा मुछिएको छ ।

नेपाल राष्ट्र बैंकबाट एक ठाउँबाट पठाएको पैसा अन्य ठाउँहरुमा दिन मिल्ने (मनि ट्रान्सफर) भुक्तानी प्रदायकको लाइसेन्स लिएर सञ्चालित सिटी एक्प्रेस मनि ट्रान्सफरमा चन्द्र टण्डन कार्यकारी निर्देशक रहेका छन् ।

केही समयअघि चितवनमा रहेको सिटी एक्सप्रेस मनि ट्रान्सफरको एजेन्ट कम्पनी क्यास एक्सप्रेस प्रगति टोल, चितवनले निशा राईलाई सिटी एक्सप्रेस मनि ट्रान्सफरको ग्लोबल आईएमई बैंकमा रहेको खातामा रकम जम्मा गर्न लगाई सो रकम आफैँले लिएपछि हुण्डीको आशंका गरिएको थियो ।

स्रोतका अनुसार युएइमा दिइएको ८९ लाख रुपैयाँमध्येको सो रकमको भुक्तानी नेपालमा दिएसँगै हुण्डी कारोबारमा सिटी एक्सप्रेसको पोल खुलेको हो । स्रोतका अनुसार विगत लामो समयदेखि हुण्डी कारोबार गर्दै आएको भएपछि यसका कार्यकारी निर्देशक चन्द्र टण्डनले लकडाउनपछि हुण्डीमा बढी फाइदा देखेपछि विभिन्न देशहरुमा नै गएर कारोबार बढाएका थिए ।

देशमा विदेशी मुद्राको सञ्चिति घट्दै गएको समयमा टण्डनले भने देशमा आफूले गरेको व्यवसायलाई नै धोका दिएर विदेशी पैसा नेपाल आउन रोक्दै आएका हुन् । सबैजसो भुक्तानी प्रदायकहरु अनलाइनमा गएपछि आफ्नो व्यवसाय अनलाइन भुक्तानीमा नजाँदा धान्नै नसक्ने भएपछि अनलाइनमा जाँदा भन्दा हुण्डीमार्फत कारोबार गर्दा व्यवसाय फस्टाउने भएपछि टण्डन यसैमा लागेका हुन् ।

सिटी एक्सप्रेसमा कार्यकारी निर्देशकमा चन्द्र टण्डन देखिए पनि उनलाई सहयोग गर्ने पर्दा पछाडिका पात्र हुन डोलराज शर्मा । कुनै समयमा राजस्वका कर्मचारी रहेका शर्मा लुकाएर गमलामा गाडेर राखिएको सुनसहित अख्तियारले डामेका व्यक्ति समेत हुन् ।

सिटी एक्सप्रेसले नेपालसँगै दक्षिण कोरिया, यूएई, युके, कतार, मलेसिया, अष्टे«लिया, कुवेतलगायतका मुलुकमा आफ्नो कार्यालयहरु राखी विदेशबाट पठाएको रकम नेपालमा भुक्तानी गर्दै आइरहेको छ भने नेपालभित्रै पनि यसले आफ्नो एजेन्ट कार्यालयहरुमार्फत कारोबार गर्दै आइरहेको छ ।

सिटी एक्सप्रेसले गरेको हुण्डीको कारोबारको सम्बन्धमा बोल्न आर्थिक दैनिकले कार्यकारी निर्देशक चन्द्र टण्डनलाई फोन तथा म्यासेज गर्दा समेत उनले जवाफ दिएनन् । सिटी एक्सप्रेसले गर्ने गरेको हुण्डीको कारोबारमा राष्ट्र बैंक समेत जानकार रहे पनि यसमा राष्ट बैंकले चासो दिएको छैन् । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x