Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारएक वर्षमा ३५ अर्ब ४६ करोड रुपैयाँले बढ्यो वाणिज्य बैंकहरूको चुक्ता पुँजी

एक वर्षमा ३५ अर्ब ४६ करोड रुपैयाँले बढ्यो वाणिज्य बैंकहरूको चुक्ता पुँजी

कुन बैंकको चुक्ता पुँजी कति ? यस्तो छ पछिल्लो अवस्था


काठमाडौं । पछिल्लो एक वर्षमा सञ्चालनमा रहेका २६ वटा वाणिज्य बैंकहरुको कुल चुक्ता पुँजी ३५ अर्ब ४६ करोड ६० लाख रुपैयाँले बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७७/०७८ मा सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकहरुको कुल चुक्ता पुँजी तीन खर्ब २० अर्ब ६२ करोड ९० लाख रुपैयाँ रहेको थियो । तर पछिल्लो अर्थात् २०७८/०७९ मा भने वाणिज्य बैंकहरुको कुल चुक्ता पुँजी ३५ अर्ब ४६ करोड ६० लाख रुपैयाँले बढेर तीन खर्ब ५६ अर्ब नौ करोड ५० लाख रुपैयाँ छ । राष्ट्र बैंकका अनुसार पछिल्लो समयमा वाणिज्य बैंकहरुले धेरै विकास बैंक र फाइनान्स कम्पनीहरुलाई मर्जर तथा प्राप्ति गरी आफूमा समाहित गरेको र बोनस सेयर समेत जारी गरेका कारण कुल चुक्ता पुँजी बढेको हो ।

वाणिज्य बैंकहरुको कुल चुक्ता पुँजीमध्ये सबैभन्दा बढी चुक्ता पुँजी ग्लोबल आईएमई बैंकको रहेको छ । आर्थिक वर्ष २०७८/०७९ सम्ममा ग्लोबल आईएमईले २३ अर्ब ७९ करोड ५७ लाख ५३ हजार रुपैयाँ चुक्ता पुँजी पु-याएको छ । यस अवधिमा सबैभन्दा कमजोर चुक्ता पुँजी भने सिभिल बैंकको देखिएको छ । सिभिलले आव २०७८/०७९ सम्ममा कुल नौ अर्ब सात करोड ५८ लाख ४४ हजार रुपैयाँ चुक्ता पुँजी कायम गरेको देखिएको छ । नबिल बैंकले भने पछिल्लो अवधिमा नेपाल बंगलादेश बैंकलाई आफूमा गाभेर २२ अर्ब ८३ करोड २९ लाख नौ हजार रुपैयाँ चुक्ता पुँजी पु¥याउन सफल भएको छ । आव २०७८/०७९ मा प्राइम कमर्सियल बैंक, कृषि विकास बैंक, एनएमबी बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकले भने क्रमशः १८ अर्ब ६५ करोड ६३ लाख २२ हजार, १८ अर्ब ६२ करोड छ लाख २७ हजार, १८ अर्ब ३६ करोड ६७ लाख छ हजार र १८ अर्ब ३० करोड ७४ लाख ७१ हजार रुपैयाँ चुक्ता पुँजी कायम गर्न सफल भएका छन् ।

यसैगरी मेगा बैंकले पनि आव २०७८/०७९ मा १६ अर्ब १२ करोड चार लाख ६१ हजार रुपैयाँ चुक्ता पुँजी कायम गर्न सफल भएको छ । यीबाहेक राष्ट्रिय वाणिज्य बैंक, कुमारी बैंक, नेपाल बैंक र सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले क्रमशः १४ अर्ब ९४ करोड तीन लाख ५९ हजार, १४ अर्ब ७१ करोड ११ लाख ८३ हजार, १४ अर्ब ४० करोड ५९ लाख चार हजार र १४ अर्ब २० करोड नौ लाख ७४ हजार रुपैयाँ चुक्ता पुँजी पु-याएका छन् ।

आव २०७८/०७९ मा हिमालयन बैंक, प्रभु बैंक र सिद्धार्थ बैंकले भने क्रमशः १२ अर्ब ९६ करोड, ८७ लाख ५७ हजार र १२ अर्ब ७० करोड ८७ लाख चार हजार, १२ अर्ब ५२ करोड ४४ लाख २६ हजार रुपैयाँ चुक्ता पुँजी कायम गर्न सफल भएका छन् । यसैगरी एनआईसी एसिया बैंक, लक्ष्मी बैंक, सानिमा बैंक र एनसीसी बैंकले पनि पछिल्लो अवधिमा क्रमशः ११ अर्ब ५६ करोड ६४ लाख, ११ अर्ब ५५ करोड १३ लाख, ११ अर्ब ३२ कारेड ७३ लाख र ११ अर्ब १३ करोड ९६ लाख रुपैयाँ चुक्ता पुँजी कायम गरेका छन् । बैंक अफ काठमाण्डू, माछापुच्छे«, सनराइज र नेपाल एसबीआई बैंकले पनि पछिल्लो अवधिमा १० अर्ब ६२ करोड ३९ लाख, १० अर्ब २५ करोड ७१ लाख, १० अर्ब ११ करोड ८८ लाख र नौ अर्ब ८२ करोड ५८ लाख रुपैयाँ चुक्ता पुँजी कायम गरेका छन् ।

सेञ्चुरी कमर्सियल बैंक, एभरेष्ट बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकले भने आव २०७८/०७९ मा क्रमशः नौ अर्ब ५५ करोड ३९ लाख, नौ अर्ब ४६ करोड ७३ लाख र नौ अर्ब ४२ करोड ९४ लाख रुपैयाँ कुल चुक्ता पुँजी कायम गरेका छन् । 

Open photo


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x