काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई तिर्नुपर्ने ऋण दायित्वको किस्ताबापतको ७३ करोड रूपैयाँभन्दा बढी भुक्तानी गरेको छ ।
निगमले जहाज खरिदबापत दुई कोषलाई तिर्नुपर्ने ऋण दायित्वको भुक्तानीअन्तर्गत पछिल्लो पटक असोज ३१ गते ७३ करोड नौ लाख ५५ हजार दुई सय ८१ रूपैयाँ भुक्तानी गरेको निगमका सहप्रवक्ता गणेशकुमार घिमिरेले जानकारी दिएका छन् । घिमिरेले मंगलबार एक विज्ञप्ति जारी गरी कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट जहाज खरिदका निम्ति ऋण लिएकोमा कर्मचारी सञ्चय कोषको हकमा न्यारोबडी जहाज खरिदको सावाँ र ब्याजबापतको ५३ करोड नौ लाख ५५ हजार दुई सय ८१ भुक्तानी गरिएको जानकारी दिएको छ । त्यसैगरी, नागरिक लगानी कोषको हकमा पनि बाइडबडी जहाज खरिद गर्दाको ऋण दायित्वको किस्ताबापतको २० करोड रूपैयाँ किस्ताबापतको रकम भुक्तानी गरिएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
निगमले यसअघि गत आसार ३० गते दुवै कोषलाई तिर्नुपर्ने ऋण दायित्वको किस्ताबापतको एक अर्ब ३५ करोड रूपैयाँ भुक्तानी गरिएको जनाएको छ । पछिल्ला दिनमा नियमित उडान, अकुपेन्सी दरमा सुधार आई आम्दानीमा वृद्धि भएको निगमले नियमितरूपमा ऋण दायित्वको भुक्तानी गर्न सफल भएको सहप्रवक्ता घिमिरेले बताए । उनले अन्तर्राष्ट्रिय उडानका चारवटै जहाज पूर्णक्षमतामा नियमित उडान भइरहेकाले निगमको आम्दानीमा सुधार आएको बताए । निगमले वाइड बडी ए–३३० र न्यारोबडी ए–३२० जहाज खरिदका दुवै चरणमा गरेर करिब ३७ अर्ब रूपैयाँ ऋण लिएको थियो । साँवा र ब्याज बढेर भुक्तानी दायित्व झण्डै ४५ अर्ब पुगेको बताइन्छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- कारबाही कडा भए मात्र अपचलन रोकिन सक्ने
- राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनमा थप गरिएको व्यवस्था हटाउन माग
- तानसेन र रुरुक्षेत्र गाउँपालिकाको सर्वोत्कृष्ट
- विवादित भारतीय एमडीएम मसलाका कारोबारी नौलखाको नयाँ व्यवसाय
- कसरी बढ्यो बैंकिङ क्षेत्रमा गैरबैंकिङ सम्पत्ति ?
- कारबाही प्रक्रियामाथि प्रतिवाद गर्ने लामिछानेको चेतावनी
- प्रधानमन्त्री ‘ समिट अफ द फ्युचर’ मा सहभागी
- दुर्गा प्रसाईँ किन पक्राउ परे, उनलाई के सजाय हुन सक्छ ?
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया