महाकाली अस्पतालले ‘ओजेटी’ शुल्क बढाएको भन्दै विद्यार्थी असन्तुष्ट
महेन्द्रनगर, फागुन २०
कञ्चनपुरमा रहेको महाकाली अस्पतालले गरेको निर्णयको समयमै सूचना प्रवाह नगर्दा अस्पतालमा ओजेटी गरिरहेका विद्यार्थी अन्यौलमा परेका छन् । महाकाली अस्पतालमा देशभरबाट विभिन्न सरकारी तथा निजी मेडिकल तथा स्वास्थ्यसम्बन्धी कोर्ष अध्ययन गरिरहेका विद्यार्थीहरू ओजटी गर्न आउने गरेका छन् । अस्पतालमा ओजेटी गराएबापत अस्पतालले विद्यार्थीहरूबाट निश्चित शुल्क लिने गर्दछ । उक्त शुल्कस्वरूप महाकाली अस्पतालले गत पुस एक गतेबाट शुल्क बढाउने निर्णय गरेको थियो, जसमा कञ्चनपुरभित्रका संस्थाहरूको हकमा प्रतिविद्यार्थी दुई हजार पाँच सय रूपैयाँ र कञ्चनपुर जिल्लाबाहिरका विद्यार्थीहरूमा प्रतिविद्यार्थी तीन हजारका दरले लिने निर्णय गरेको थियो । उक्त निर्णयको जानकारी विद्यार्थीहरूलाई पहिले नै जानकारी नगराएको भन्दै उनीहरूले असन्तुष्टि व्यक्त गरेका छन् । अस्पतालले शुल्क बढाएपछि आफूहरूलाई समस्या गरेको ओजेटी गरिरहेकी एक विद्यार्थीले बताइन् । उनले आफू गत मंसिर १५ गते गण्डकी मेडिकल कलेज पोखराबाट एएनएमको तीन महिनाको ओजटी गर्न आएको बताइन् । ‘त्यसबेला अस्पताल प्रशासनले तत्काललाई नियमअनुसारको शुल्कमा ओजेटी गर्न स्वीकृति दिएको थियो । उक्त समयमा अस्पतालमा ओजेटी गरेबापत लाग्ने शुल्क एक हजार मात्र रहेको अस्पतालले बताएको थियो’, उनले भनिन् । उनले आफूले ऋण लिएर पढेको बताउँदै अस्पतालले पहिला भनेभन्दा दोब्बर शुल्क लिएर अस्पतालले जे मन लाग्यो त्यही गरेको आरोप लगाएकी छिन् ।
अस्पताल प्रशासनले भने अस्पतालमा नयाँ गठन भएको कार्य समितिले बैठक बसेर ओजेटी गर्ने विद्यार्थीहरूको शुल्क बढाउने निर्णय गरेको जानकारी दिएको छ । उक्त निर्णयअनुसार नै शुल्क बढाइएको महाकाली अस्पतालका निमित्त मेडिकल सुपरिटेण्ड डाक्टर अर्जुन भट्टले बताए । तर, यता ओजेटी गरिहरको विद्यार्थीहरूले भने अस्पतालले मनोमानी निर्णय गरेको र आफूहरूलाई दुःख दिने गरेको बताएका छन् । पहिला अनुमति दिनेबेला एक हजार पाँच सय रूपैयाँ भनेको तर नियममा एक हजार मात्र रहेको बताएका छन् । अस्पतालले आफूहरूलाई एक हजार पाँच सय रूपैयाँको गलत सूचना दिएको र अहिले अझ बढाएर तीन हजार रूपैयाँ भनेर सताएको विद्यार्थीहरूले बताएका छन् । महोत्तरीमा अध्ययन गरी अस्पतालको सेवा पनि गर्न र केही सिक्ने आशाले महाकाली अस्पतालमा ओजेटी गर्न आएको बताउँदै विरेन्द्रसिंह महराले अस्पतालले मनोमानी गरेर आफूहरूलाई जानेबेला दुःख दिएको बताए । उनले आफू महोत्तरीमा सीएमए पढिरहेको र आजेटी गर्न महाकाली अस्पतालमा आएको बताए । ‘अस्पतालले गत पुस १५ गते अस्पतालको स्वीकृतिमा ओजेटीमा आएको हो उक्त बेला अस्पतालले १५ सय ओजेटी शुल्क रहेको बताएको थियो । तर, अहिले समय पुगेपछि प्रमाणपत्र माग्दा तीन हजार तिर्न लगाएको छ’, महराले भने । गत पुस १५ गते महाकाली अस्पतालमा गण्डकी मेडिकल कलेज पोखरा, सुषमा कोइराला मेमोरियल कलेज नेपालगञ्ज, महोत्तरी, र धनगढीलगायत विभिन्न ठाउँबाट २१ जना सीएमए र एएनएमका लागि तीन महिने ओजेटीमा आएका हुन् । एकै दिन उपस्थित उनीहरूलाई फरक–फरक शुल्क लिएको भन्दै विद्यार्थीहरूले असन्तुष्टि प्रकट गरिरहेका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- ‘न्यायालयप्रति विश्वास छ, सघाउँछौँ’
- वीरगञ्जको घडीअर्वा पोखरीमा छठको तयारी थालियो
- थुनुवा मृत अवस्थामा फेला
- उपहारमा पाएको जग्गामा एमालेले कति कर तिर्नुपर्ने हुन्छ?
- केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
- सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- लामिछानेलाई पोखरा ल्याइयो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया