Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसानिमा जनरल र जनरल इन्स्योरेन्सको एकीकृत कारोबार आगामी साता

सानिमा जनरल र जनरल इन्स्योरेन्सको एकीकृत कारोबार आगामी साता


काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स कम्पनी र जनरल इन्स्योरेन्स कम्पनीले आगामी साताबाट एकीकृत कारोबार सञ्चालन गर्र्ने भएका छन् । निर्जीवन बीमा कम्पनीको रूपमा कारोबार गर्दै आएका दुवै कम्पनीहरूले मर्जरमार्फत सानिमा जीआईसी इन्स्योरेन्स कम्पनी लिमिटेडको नामबाट एकीकृत कारोबार सञ्चालन गर्न लागेका हुन् ।

कम्पनीका अनुसार यही कात्तिक सात गतेबाट एकीकृत कारोबार सुरु गर्न लागिएको हो । दुबै कम्पनीहरूले यही असोज ११ गते विशेष साधारणसभामार्फत मर्जरसम्बन्धी विशेष प्रस्ताव पारित गरेका थिए । बीमा समितिले भने यही असोज १४ गते मर्जरको लागि सैद्धान्तिक स्वीकृति दिएको थियो भने कम्पनी रजिष्टर्डको कार्यालयले यही असोज २७ गते एकीकृत कारोबारको लागि स्वीकृति दिएको थियो । सोपश्चात् दुवै कम्पनीहरूले एकीकृत कारोबारको मिति घोषणा गरेका हुन् । मर्जरपश्चात् बन्ने नयाँ कम्पनीको कुल चुक्ता पुँजी दुई अर्ब रुपैयाँ पुग्नेछ । हाल भने दुवै बैंकको चुक्ता पुँजी एक, एक अर्ब रुपैयाँ रहेको छ । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x