नारितामा निगमको नियमित उडान सुरु
काठमाण्डौँ,फागुन २०
नेपाल वायुसेवा निगमले जापानको नारितासम्मको नियमित उडान सोमबारदेखि सुरु गरेको छ । सोमबार (२ मार्च २०२०) देखि जापानको नारितामा हप्ताको ३ दिन सिधा उडान सुरु गरेको हो । एयरबस वाइडबडीबाट गरिने सिधा उडान हप्ताको तीन दिन सोमबार, बुधबार र शुक्रबार हुनेछ । सोमबार बिहान १ बजेर २५ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गरेको सो विमान सोमबार नै अपराह्न ६ बजेर २५ मिनेटमा काठमाडौंमा अवतरण गरेको छ । नारिता जाँदा २ सय ३४ यात्रुहरुले विमानबाट यात्रा गरेका थिए भने फर्किँदा २ सय ६५ जनाले यात्रा गरेको निगमले जनाएको छ ।
नारिताको पहिलो उडानमा नै यात्रुहरुको यो संख्यालाई उल्लेखनीय मानिन्छ । आगामी दिनका उडानहरुको लागि पनि राम्रै संख्यामा यात्रुहरुले बुकिङ गरेका छन् । नारिताको उडान प्रारम्भ भएपछि टोकियो र वरपरका यात्रुहरुलाई सुविधा हुनेछ । सिधा उडानले ट्रान्जिटको झञ्झठ समाप्त भएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- सर्वसाधारणका लागि खुला गरिएपछि धरहरा चढ्नेको भीड
- प्राधिकरणको उदीपुर सबस्टेसन निर्माण सम्पन्न
- मेटा र स्पोटिफाईद्वारा युरोपेली सङ्घको एआई सम्बन्धी अस्पष्ट निर्णयको आलोचना
- प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान
- नुवाकोटमा आधुनिक बन्दी गृह
- विकास निर्माणका लक्ष्य किन सधैँ अधुरा
- संविधान संशोधनबाट राजनीतिक अस्थिरताको सम्बोधन गर्न सकिन्छ : प्रधानमन्त्री
- संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ: राष्ट्रपति पौडेल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया