नेपाल लिकर्सद्वारा दीपक बज्राचार्यसँग सांगीतिक सहकार्य सम्झौता
काठमाण्डौँ,फागुन २०
नेपाल लिकर्स प्राइभेट लिमिटेडले गायक दीपक बज्राचार्यसँग सांगीतिक सहकार्य गर्ने सम्झौता गरेको छ । सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको हो । विगत लामो समयदेखि गायक बज्राचार्यसँग लिक्वर्सले विभिन्न कार्यक्रममा सहकार्य गर्दै आइरहेको जनाएको छ । झण्डै तीन दशक नेपाली संगीतमा योगदान दिएका गायक बज्राचार्यको नेपाली पप संगीतमा विशिष्ट पहिचान रहेको छ । लिकर्सले नेपाली कला, संगीत संस्कृतीको प्रवद्र्धनलाई पहिलो प्राथमिकता दिँदै आइरहेको बताएको छ । कम्पनीको स्थापनाकालदेखि नै विभिन्न सांगीतिक कार्यक्रम, महोत्सवलाई प्रायोजन गर्दै नेपाल लिकर्सले प्रत्यक्ष सहभागिता जनाउँदै आइरहेको थियो । ‘प्यासन’ नै संगीतको ऊर्जा रहेकोे नेपाल लिकर्सको मान्यता रहेको बताएको छ । दीपक बज्राचार्यसँगको सहकार्यले कम्पनी गौरवान्वित भएको जनाएको छ ।
यस सहकार्यले नेपाली संगीतको विकास तथा प्रवद्र्धनमा प्रेरणामूलक तथा महत्वपूर्ण भूमिका खेल्ने कम्पनीले विश्वास लिएको छ । नेपाल लिकर्स प्रालिका कार्यकारी अध्यक्ष तथा नेपाली उद्योगी राजेश वीर सिंह तुलाधरले आगामी दिनमा पनि नेपाली गीत संगीत र कलाकारहरुको उत्थानका निम्ति सदा सरिक हुने बताए । नेपाल लिकर्स नेपालमा एन्टीकुइटी ब्लु ह्विस्की, सिग्नेचर प्रिमियम ह्विस्की, सिग्नेचर रेयर ह्विस्की, रोएल च्यालेन्ज व्हिस्की, म्याकडोवेल्स ह्विस्की, ब्लु रिब्यान्ड जिनको उत्पादन गर्दै आइरहेको छ । उत्कृष्ट कच्चा पदार्थ तथा उच्चस्तरीय प्रविधिबाट अन्तर्राष्ट्रिय स्वाद तथा स्ट्यान्डर्डको मदिरा नेपालमा उत्पादन गर्दै आइरहेको कम्पनीले दाबी गरेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- सिभिल सहकारीका सोह्र सय पीडितले सात अर्ब बचत मागे
- ट्रम्प अमेरिकाको राष्ट्रपति बन्दा जलवायु परिवर्तनको विषयमा कस्तो प्रभाव पर्ला ?
- बिटकोइनसँग जोडिएका सात रोचक र अपत्यारिला कुरा
- रवि लामिछाने विरुद्धको अनुसन्धानमा अब भैरहवामा के हुन्छ, पोखरामा के-के भयो ?
- जापानले ३० को दशकमा जैविक इन्धनयुक्त नयाँ कार ल्याउने
- धर्मका नाममा राजनीति हुनु हुँदैन: प्रधानमन्त्री
- उत्तर कोरियाद्वारा रूससँग गरेको सुरक्षा सम्झौता अनुमोदन
- कतार एयरवेजद्वारा गौतमबुद्ध विमानस्थलबाट सेवा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया