सिद्धार्थ बैंकका नयाँ शाखा न्यूरोड गेट, भैँसेपाटी र लुभूमा
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले बुधबार काठमाडौंस्थित न्यूरोड गेटमा र ललितपुरस्थित भैँसेपाटी र लुभूमा नयाँ शाखाहरू सञ्चालनमा ल्याएको छ । बैंकले सो क्षेत्रका सर्वसाधारण तथा उद्यमीमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानीलगायत सम्पूर्ण बैंकिङ सेवा सहज ढंले पु-याउने उद्देश्यका साथ उक्त शाखाहरू सञ्चालनमा ल्याएको जानकारी दिएको छ । उक्त शाखाहरू विस्तारपश्चात् सिद्धार्थ बैंकको कुल शाखा सञ्जाल संख्या १९३ (४ एक्सटेन्सन काउन्टरसहित) पुगेको छ ।
सजिलो बैंकिङ सेवा (शाखारहित बैंकिङ) एटीएम, पीओएस मेसिनका साथै निक्षेप तथा कर्जा सुविधा, घरमै बसेर बैंकको वेबसाइटमा रहेको इजी बैंक पोर्टलमार्फत बचत, मुद्दती र डिम्याट खाता खोल्न सकिने, डेबिट र क्रेडिट कार्डका लागि आवेदन दिन सकिने अनलाइन सुविधा, रेमिट्यान्स सेवा, चार सय ५० भन्दा बढी व्यावसायिक केन्द्रहरूबाट विशेष छुट प्राप्त गर्न सकिने गरी जारी गरिएको यूएनओ क्रेडिट कार्डजस्ता सेवामार्फत बैंकले उच्चस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको छ । बैंक ग्राहकवर्गहरूको हितलाई मध्यनजर गर्दै देशको अर्थतन्त्र सुदृढ बनाउन हरदम प्रतिबद्ध रहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- नेपालको अर्थतन्त्र सुधार हुँदै: आईएमएफ उपनिर्देशक
- काठमाडौंमा अमूर्त सांस्कृतिक सम्पदासम्बन्धी अन्तर्राष्ट्रिय सेमिनार
- ‘कनेक्टिङ कर्णाली’अन्तर्गत काठमाडौंमा मगुका तस्वीर-भिडियो प्रदर्शन
- पोखरामा इन्टरनेसनल बलुन फेस्टिभल हुने
- इना सेन्टरले भित्र्यायो दुबईको प्रसिद्ध अल हरमेन परफ्युम
- बन्दीपुरमा सडक खाना महोत्सव
- प्रेसिडेन्ट होटल एयरको नयाँ शाखा शुभारम्भ
- संविधान संशोधनका लागि राजनीतिक दलबीच छलफलको पहल सुरु भएको छ: सभामुख घिमिरे
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया