भारतीय कांग्रेसको नयाँ अध्यक्षमा खड्गे निर्वाचित
नयाँ दिल्ली । भारतको विपक्षी दल, राष्ट्रिय कांग्रेस पार्टी (आईएनसी), को अध्यक्षमा मल्लिकार्जुन खड्गे निर्वाचित भएका छन् । आईएनसीले मल्लिकार्जुन खड्गेलाई पार्टीको अध्यक्षमा निर्वाचित गरेको पार्टीका नेता मधुसुदन मिस्त्रीले बुधबार जानकारी दिएका हुन् ।
निर्वाचन अधिकृत मिस्त्रीले सञ्चारकर्मीसँग भने, ‘कुल नौ हजार तीन सय ८५ मत खसेको नेतृत्व चयनका लागि भएको निर्वाचनमा खड्गेलाई सात हजार ८९७ मत प्राप्त भएको छ । उहाँसँग अध्यक्षका लागि प्रतिस्पर्धा गर्नुभएका कांग्रेस नेता शशि थरूरले एक हजार ७२ मत प्राप्त गर्नुभएको छ । साथै, खसेको कुल मतमध्ये चार सय १६ मत बदर भएको छ ।’
निर्वाचन अधिकृत मिस्त्रीले सञ्चारकर्मीसँग भने, ‘थरुरले हार स्वीकार गर्दै खड्गेको सफलताको कामना गर्नुभएको छ । नेतृत्व चयनका लागि भएको निर्वाचनमा प्राप्त अत्यधिक बहुमतसँगै खड्गे २४ वर्षमा पहिलो पटक गैर–गान्धी परिवारबाट कांग्रेसको नेतृत्वमा चयन हुनुभएको छ ।’
गान्धी परिवारले आफूलाई शीर्ष पदबाट अलग गरेको छ र मतदानमा कुनै पनि उम्मेदवारलाई समर्थन नगरेको बताइएको छ । रासस/एएनआई
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- नेपालको अर्थतन्त्र सुधार हुँदै: आईएमएफ उपनिर्देशक
- काठमाडौंमा अमूर्त सांस्कृतिक सम्पदासम्बन्धी अन्तर्राष्ट्रिय सेमिनार
- ‘कनेक्टिङ कर्णाली’अन्तर्गत काठमाडौंमा मगुका तस्वीर-भिडियो प्रदर्शन
- पोखरामा इन्टरनेसनल बलुन फेस्टिभल हुने
- इना सेन्टरले भित्र्यायो दुबईको प्रसिद्ध अल हरमेन परफ्युम
- बन्दीपुरमा सडक खाना महोत्सव
- प्रेसिडेन्ट होटल एयरको नयाँ शाखा शुभारम्भ
- संविधान संशोधनका लागि राजनीतिक दलबीच छलफलको पहल सुरु भएको छ: सभामुख घिमिरे
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया