बेलायतको मुद्रास्फीति १०.१ प्रतिशतले वृद्धि
लन्डन । बेलायतको उपभोक्ता मूल्य सूचकांक (सीपीआई) सन् २०२२ को सेप्टेम्बरसम्मको १२ महिनामा १०.१ प्रतिशतले वृद्धि भएको छ । यो अगस्टमा ९.९ प्रतिशत थियो भने अहिले जुलाईको पछिल्लो उच्च विन्दुमा फर्किएको छ । राष्ट्रिय तथ्यांक कार्यालय (ओएनएस)का अनुसार मासिक आधारमा हेर्दा सीपीआई अगस्टको तुलनामा सेप्टेम्बरमा ०.५ प्रतिशतले बढेको छ । ओएनएसका आर्थिक तथ्यांक निर्देशक डारेन मोर्गनले भने, ‘गत महिनाको सामान्य गिरावटपछि प्रमुख सेवाहरूको मुद्रास्फीति वर्षा ऋतुको सुरुमा देखिएको उच्चस्तरमा फर्किएको छ ।’
उनले भने, ‘खाद्य पदार्थमा थप वृद्धिका कारण यो वृद्धि भएको हो, जसले ४० वर्षयताकै सबैभन्दा ठूलो वार्षिक वृद्धि देखेको छ, जबकि होटलको मूल्य पनि गत वर्ष यसको यसै समयमा सामान्यत घटे पनि अहिले बढेको छ । सेप्टेम्बरसम्म १२ महिनामा खाद्य र अल्कोहलरहित पेय पदार्थको मूल्य १४.६ प्रतिशतले बढेको छ, जुन ४२ वर्षको उच्च विन्दुमा पुगेको छ’, ओएनएसको रिपोर्टमा भनिएको छ । सबैभन्दा ठूलो वृद्धि प्रभाव पाउरोटी र खाद्यान्न, मासुजन्य उत्पादन, दुध, चीज र अण्डाबाट आएको छ ।
ओएनएसका अनुसार मोटर इन्धनको मूल्यमा निरन्तर गिरावटले मुद्रास्फीतिमा सबैभन्दा ठूलो योगदान गरेको छ । ‘सेप्टेम्बरको उपभोक्ता मूल्यको तथ्याङ्कले केन्द्रीय बैंक, बैंक अफ इङ्ग्ल्याण्ड (बीओई) मा बढ्दो मन्दीको बाबजुद नोभेम्बर ३ मा हुने यसको अर्को बैठकमा ब्याजदरमा उल्लेखनीय वृद्धि गर्न दबाब कायम राखेको छ’, प्यान्थियन म्याक्रोइकोनोमिक्सका प्रमुख बेलायती अर्थशास्त्री स्यामुयल टम्ब्सले बताए । सेप्टेम्बरको अन्त्यमा, बीओईले मुद्रास्फीतिको सामना गर्न आफ्नो मानक ब्याजदरमा वृद्धि गरी २.२५ प्रतिशत कायम गरेको थियो ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया