पोखरेललाई ५१ हजार रुपैयाँ प्रदान
काठमाण्डौँ,फागुन २०
गोकर्णेश्वर नगरपालिकाले आयोजना गरेको देशव्यापी राष्ट्रिय कविता प्रतियोगितामा जगदीश्वर पोखरेल पहिलो भएका छन् । प्रतियोगितामा प्रथम भएका पोखरेलले नगद ५१ हजार र प्रमाणपत्र प्राप्त गरे । त्यस्तै दोस्रो भएका दिनेश विक्रम थापाले नगद ३१ हजार पाए भने तेस्रो स्थान हासिल गरेका पदम दाहालले नगद २१ हजार पाए । सान्त्वना पुरस्कारबापत याज्ञवल्क्य न्यौपाने र डाक्टर सत्यराज थपलियाले १०–१० हजार प्राप्त गरे । विजयी कविहरुलाई शताब्दी पुरुष सत्यमोहन जोशीले पुरस्कृत गरेका थिए । त्यस्तै प्रदेशतर्फ एक नम्बरबाट जीवन आरोही, खोलाघरे साइँलो र गणेशप्रसाद खतिवडा उत्कृष्ट भएका छन् ।
दुई नम्बर प्रदेशका सम्पतकुमार काफ्ले उत्कृष्ट भए । तीन नम्बर प्रदेश (वागमती)मा शम्भुप्रसाद गजुरेल, दीपक सापकोटा र मुकुन्द शर्मा चालिसे उत्कृष्ट घोषित भए । चार नम्बर प्रदेशबाट संयोग बस्याल, राजकुमार देवकोटा र गंगा आचार्य सापकोटालाई उत्कृष्ट घोषित गरियो । पाँच नम्बरबाट कर्मसही घर्ती मगर, सुमन थापा र आरबी निश्चल उत्कृष्ट भए । त्यस्तै ६ नम्बर प्रदेश (कर्णाली)बाट सिर्जना शर्मा, उमेश पुन एटम र नगेन्द्रप्रसाद आचार्य उत्कृष्ट भए । ७ नम्बरबाट हिरा भट्ट, मोहित जोशी र केशवराज भट्ट सागर उत्कृष्ट घोषित भए । प्रदेशमा उत्कृष्ट भएका सबै कवि–कवयित्रीहरुलाई जनही ५ हजार र प्रमाणपत्र प्रदान गरिएको थियो ।गत शुक्रबार आयोजना भएको देशव्यापी राष्ट्रिय कविता प्रतियोगितात्मक महोत्सवको संस्कृति पर्यटन तथा नागरिक उड््डयनमन्त्री योगेश भट्टराईले उद्घाटन गरेका थिए । कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका नगरप्रमुख सन्तोष चालिसेले नगरपालिकामा चाँडै नगर प्रज्ञा परिषद् गठन गरिने जानकारी दिए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- सर्वसाधारणका लागि खुला गरिएपछि धरहरा चढ्नेको भीड
- प्राधिकरणको उदीपुर सबस्टेसन निर्माण सम्पन्न
- मेटा र स्पोटिफाईद्वारा युरोपेली सङ्घको एआई सम्बन्धी अस्पष्ट निर्णयको आलोचना
- प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान
- नुवाकोटमा आधुनिक बन्दी गृह
- विकास निर्माणका लक्ष्य किन सधैँ अधुरा
- संविधान संशोधनबाट राजनीतिक अस्थिरताको सम्बोधन गर्न सकिन्छ : प्रधानमन्त्री
- संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ: राष्ट्रपति पौडेल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया