Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारपोेखरा रंगशालामा स्वर्गीय खेलाडी थापाको अर्धकदको सालिक स्थापना गरिने

पोेखरा रंगशालामा स्वर्गीय खेलाडी थापाको अर्धकदको सालिक स्थापना गरिने


पोखरा । पोखरा रंगशाला परिसरमा वर्गीय खेलाडी निसिम थापाको अर्धकदको सालिक स्थापना गरिने भएको छ । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले स्वर्गीय खेलाडी थापाको पोखरा रंगशाला परिसरमा अर्धकदको सालिक स्थापना गरिने प्रतिबद्धता जनाएका हुन् । मन्त्री अथकले सरकार र खेलकुद मन्त्रालयले स्वर्गीय खेलाडी थापाको विषयमा आवश्यक निर्णय समेत गर्ने बताए ।

नवौँ राष्ट्रिय खेलकुदमा सहभागी हुने क्रममा दुर्घटना परी ज्यान गुमाएका थापाको परिवारलाई भेट्न मन्त्री अथक बिहीबार पोखरा महानगरपालिका १० माटेपानीस्थित थापाको घरमा पुगेका थिए । थापाको घरमा पुगेर थापाप्रति श्रद्धाञ्जली दिँदै उनले परिवारमा गहिरो समवेदना प्रकट गरेका थिए । ‘खेलाडी निसिम थापाको निधनबाट राष्ट्रलाई ठूलो क्षति व्यहोरेको छ, शोकको यो घडीलाई शक्तिमा बदल्न म नेपाल सरकारको तर्फबाट अनुरोध गर्दछु’, उनले भने । सो क्रममा मन्त्री गहतराजले सम्मान स्वरूप स्वर्गीय थापालाई चेकसहित मरनोपरान्त स्वर्ण पदक समेत प्रदान गरेका थिए ।

राष्ट्रिय खेलकुद परिषद्ले नवौँ खेलकुद प्रतियोगितामा सहभागी सम्पूर्ण खेलाडीहरूको बीमा गरेकाले थियो । जसअन्तर्गत थापाको परिवारलाई बीमा कम्पनीबाट रकम उपलब्ध गराउनका लागि खेलकुद परिषद्ले पहल गर्ने राखेपका सदस्य दिपेन्द्र बिस्टले जानकारी दिए । प्रतियोगिताअन्तर्गत आइतबार बिहान पोखराको सराङकोटमा ‘क्रस कन्ट्री’ खेलमा दुर्घटना हुँदा थापाको निधन भएको थियो । विभागीय टोली त्रिभुवन आर्मी क्लबको तर्फबाट खेलमा सहभागी थापा करिब एक सय मिटर उचाइबाट खसेका थिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x