Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगभेटायो एपको ‘तिहारको तयारी, अब भेटायोको जिम्मेवारी’ योजना

भेटायो एपको ‘तिहारको तयारी, अब भेटायोको जिम्मेवारी’ योजना


काठमाडौं । घरेलु सेवा प्रदायक कम्पनी भेटायो एपले तिहारमा उत्सव मनाउनका लागि ‘तिहारको तयारी, अब भेटायोको जिम्मेवारी’ नामक योजना सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत भेटायोले एउटा घर पाँच हजार आठ सय रुपैयाँमा झिलिमिली उज्यालो बनाउने बताएको छ । साथै बत्तीको जडान तथा वितरण निःशुल्क प्रदान गर्नेछ ।

यसको बुकिङ मिति पहिले नै खुलाइएको छ भने यो सुविधा केही दिनको लागि मात्र रहने कम्पनीले जनाएको छ । साथै सफाइ, पेन्टिङ र लुगा धुने काममा समेत १५ प्रतिशत छुटको व्यवस्था गरिएको छ । यस दीपावलीका लागि भटायोले तपाईँको झन्झटलाई मुक्त गर्न विभिन्न सरल सेवाहरू पनि ल्याएको छ । जसअनुसार मेघा बिक्रीमा सरसफाइ, पेन्टिङ, लुगा धुने र सवारीसाधन धुन १५ प्रतिशतसम्म छुट र थप यसमा महादक्षिणा प्रोमो कोड प्रयोग गरी ५ प्रतिशत छुट पाउन सकिन्छ । यस्तै पञ्चकन्या एसएस ट्याङ्की सामसुङ वासिङ मेसिन, एयर कन्डिसनर, गिजरजस्ता विभिन्न वस्तुहरूमा विशेष छुट पाइने व्यवस्था गरिएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x