Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारगैरआवासीय नेपाली संघद्वारा स्वर्ण पदक विजेतालाई सम्मान

गैरआवासीय नेपाली संघद्वारा स्वर्ण पदक विजेतालाई सम्मान


काठमाडौं । गैरआवासीय नेपाली संघले संघको तर्फबाट ९औँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पौडी विधाका स्वर्ण पदक विजेताद्वय एस्ली सापकोटा डंगोल र आशिष सापकोटा डंगोललाई सम्मान गरेको छ । संघले बिहीबार एक कार्यक्रमको आयोजना गरी खेलाडी तथा उनीहरूको परिवार र कोचलाई सम्मान गरेको हो ।

गण्डकी प्रदेशको पोखरामा आयोजना गरिएको ९औँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आयोजना भएको पौडी प्रतियोगितामा एस्ली सापकोटाले छवटा स्वर्ण र आशिष सापकोटा डंगोलले तीनवटा स्वर्ण पदक प्राप्त गरेका छन् । कार्यक्रममा विजेताद्वयले संघको तर्फबाट प्रतियोगितामा भाग लिन पाएकोमा गर्व महसुस गर्दै संघप्रति धन्यवाद प्रकट गरेका थिए ।

कार्यक्रममा संघका अध्यक्ष डा. बद्री केसीले पदक बिजेताहरूका साथै उनीहरूका प्रशिक्षक र आमालाई बधाई तथा शुभकामना दिँदै आउने प्रतियोगितामा विदेशमा रहेका दोस्रो पुस्ताका ट्यालेन्टेड युवाहरूलाई खोजेर सहभागिता गराई नेपालको खेलकुद प्रवर्द्धन सहयोग गर्ने बताए । साथै उनले खेलाडीहरूलाई आउने ओलम्पिकमा पनि नेपालको तर्फबाट सहभागिता हुनका लागि शुभकामना दिए । साथै उनले ९औँ राष्ट्रिय प्रतियोगितामा हालसम्म २३ पदक हासिल गरेकोमा विजेता खेलाडी, प्रशिक्षक, व्यवस्थापक, संघको युवा विभागलगायत सबै सरोकारवालाहरूलाई बधाई दिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x