कोका–कोलाको ट्यागलाइन ‘दिउँसै झप् झप्, कोकले अप’
काठमाण्डौँ,फागुन २०
कोका–कोला नेपालले किशोर÷किशोरी र युवाहरुलाई दिउँसको आलस्यपन भगाउन र कुनै पनि विशेष क्षण तथा अवसरहरुलाई नछुटाऊन् भन्ने उद्देश्यले नयाँ क्याम्पेन ल्याएको छ । कम्पनीका अनुसार नयाँ क्याम्पेनको ट्यागलाइन ‘दिउँसै झप् भफ्, कोकले अप’ रहेको छ । क्याम्पेनको एक हिस्साको रुपमा कोका–कोला नेपालले अभिनेत्री स्वस्तिमा खड्का र गायक नितेश जङ्ग कुँवरलाई फीचर गरेर नयाँ टिभीसी सार्वजनिक गरेको छ । मध्यदिउँसो सुस्ताका कारण निद्रा लागेको महसुस गरिरहेकी स्वस्तिमाले कोका–कोला अर्डर गर्दै टिभीसी सुरु हुन्छ ।
उनी झप् झप् भएर निदाउँदा उनका क्रश (नितेश) आएका हुन्छन् र उनीले नितेशसँग भेट्ने विशेष अवसर छुटाउँछिन् । जब उनीले चिसो कोका–कोला पिउँछिन्, त्यसपछि तुरुन्तै उनको इनर्जी कोका–कोलाको रिफ्रेसिङ्ग स्वादबाट अपलिफ्ट हुन्छ । त्यसपछि उनी दौउडिदै ऊंघी रहेका नितेश भएको ठाँउमा जान्छिन् र चिसो कोक नितेशको गालामा लगाइदिन्छन् र नितेश पनि उठ्छन् । यस क्याम्पेनका बारेमा बोल्दै कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर अम्बुज सिंहले कोका–कोलाले उपभोक्ताहरुलाई कोक खाएर आफ्नो दिउँसलाई अपलिफ्ट गर्न प्रत्सोहान गर्ने बताए । कोका–कोला कम्पनी नेपालले यो क्याम्पेनभरि कोक पारखीहरुका लागि थुप्रै सरप्राइजहरु तयार पारेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- सर्वसाधारणका लागि खुला गरिएपछि धरहरा चढ्नेको भीड
- प्राधिकरणको उदीपुर सबस्टेसन निर्माण सम्पन्न
- मेटा र स्पोटिफाईद्वारा युरोपेली सङ्घको एआई सम्बन्धी अस्पष्ट निर्णयको आलोचना
- प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान
- नुवाकोटमा आधुनिक बन्दी गृह
- विकास निर्माणका लक्ष्य किन सधैँ अधुरा
- संविधान संशोधनबाट राजनीतिक अस्थिरताको सम्बोधन गर्न सकिन्छ : प्रधानमन्त्री
- संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ: राष्ट्रपति पौडेल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया