Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारडेंगुबाट ५२ जनाको मृत्यु

डेंगुबाट ५२ जनाको मृत्यु


काठमाडौं । शनिबारसम्म डेंगुका कारण ५२ जनाको मृत्यु भएको छ । शनिबार एक जनाको मृत्यु भएपछि मृत्यु हुनेको संख्या ५२ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत साउनदेखि हालसम्म ४३ हजार छ सय ८५ जना सम्भावित डेंगुको बिरामी देखिएको छ । मुलुकका ७७ वटै जिल्लामा डेंगु फैलिएको मन्त्रालयले जनाएको छ ।

यस्तै, शनिबार ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सात सय ९८ नमूना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । शनिबार ४८ जना कोरोना संक्रमणमुक्त भएका छन् । देशभर सक्रिय संक्रमितको संख्या सात सय १६ छ । हालसम्म नेपालमा १० लाख चार सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये नौ लाख ८७ हजार छ सय ८२ जना संक्रमणमुक्त भएका छन् भने १२ हजार १८ जनाको मृत्यु भएको छ ।

शनिबार २३ हजार छ सय सात जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । हालसम्म दुई करोड ३२ लाख आठ हजार चार सय ८३ जनाले खोपको पहिलो मात्रा, दुई करोड २३ लाख २४ हजार नौ सय ३३ जनाले पूर्ण मात्रा र ७९ लाख ७२ हजार सात सय ९१ जनाले खोपको अतिरिक्त मात्रा लगाएका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x