पेन्टागनद्वारा युक्रेनबारे चासो
वासिङ्टन । अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले आफ्ना रुसी समकक्षी सेर्गेइ शोइगुलाई युक्रेनमा जारी युद्धबारे ‘सञ्चारका बाटाहरू’ खुला राख्न आग्रह गरेको छ । दुई नेताबीच शनिबार भएको टेलिफोन वार्तामा उनीहरूबीच खासगरी युक्रेन द्वन्द्व र यसका असरबारे कुराकानी भएको बताइएको छ ।
‘विदेशमन्त्री अस्टिनले युक्रेनविरुद्ध जारी युद्धबीच सञ्चारको लाइन कायम राख्नुपर्नेमा जोड दिनुभएको छ’, अमेरिकी सेनाका ब्रिगेडियर जनरल प्याट राइडरले फोनपछि जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
रूसले युक्रेनमा गरेको आक्रमणका कारण विश्वव्यापीरूपमा आर्थिक असर परिरहेका समय दुई देशका रक्षामन्त्रीबीच भएको टेलिफोन वार्ता समस्या समाधानका लागि एउटा आशाको किरणको रूपमा आएको छ । यद्यपि समाचार तयार पार्दासम्म कुराकानीबारे विस्तृत विवरण भने अझै आइसकेको छैन । (रासस/एएफपी)
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया