Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योग‘ग्यापु टिकटक हिरोज सिजन २’को बिजेतालाई साढे तीन लाखसम्मको पुरस्कार

‘ग्यापु टिकटक हिरोज सिजन २’को बिजेतालाई साढे तीन लाखसम्मको पुरस्कार


काठमाडौं । अनलाइन सपिङ प्लेटफर्म ग्यापुले ‘टिकटक हिरोज सिजन २’ को फारम खुलाएको छ । टिकटक प्रयोगकर्ताले सहभागी हुनका लागि शुक्रबारदेखि कात्तिक १८ गतेभित्र ग्यापुको एपमा गई निःशुल्क फारम भर्न सक्नेछन् ।

सहभागी टिकटक प्रयोगकर्ताले जुनसुकै किसिमको भिडियो बनाएर आफ्नो टिकटक अकाउन्टमा पोस्ट गर्नुपर्ने हुन्छ । उत्कृष्ट एक सय जनालाई छनोट गरी प्रतियोगितालाई अघि बढाउने व्यवस्था गरिएको ग्यापुका बिजनेस डेभलपमेन्ट हेड अभिमन्यु शर्माले बताए ।

उक्त प्रतियोगितामा विजेतालाई तीन लाख ५० हजार, प्रथमलाई दुई लाख, दोस्रोलाई एक लाख र तेस्रोलाई ५० हजार रुपैयाँ पुरस्कार तोकिएको शर्मा बताउँछन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x