सिटिजन्स बैंकको नौ प्रतिशत नगद लाभांश पारित
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको १६औँ वार्षिक साधारणसभा बैंक सञ्चालक समितिका अध्यक्ष राजनसिंह भण्डारीको अध्यक्षतामा शुक्रबार, अमृतभोग, कालिका स्थान, डिल्लीबजार, काठमाडौंमा सम्पन्न भएको छ । सो अवसरमा आव २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गरिएको छ ।
बैंकको लेखापरीक्षकको प्रतिवेदनसहित २०७९ असार मसान्तको एनएफआरएसबमोजिम तयार गरिएको वासलात, आव २०७८/७९ को नाफा नोक्सानीको हिसाब तथा नगद प्रवाह विवरणलगायतका एकीकृत वित्तीय विवरणहरू छलफल गरी स्वीकृत भएको छ । त्यसैगरी साधारणसभाले गत आर्थिक वर्ष २०७८/७९ को वितरणयोग्य मुनाफाबाट २०७९ असार मसान्तको चुक्ता पुँजी १४ अर्ब २० करोड नौ लाख ७४ हजार छ रुपैयाँको नौ प्रतिशतका दरले हुनआउने एक अर्ब २७ करोड ८० लाख ८७ हजार छ सय २१ रुपैयाँबराबरको नगद लाभांश (लाभांश कर समेत) दिने प्रस्ताव सर्वसहमतिबाट पारित गरेको छ । यससँगै सिटिजन्स बैंक आव २०७८/७९ को लाभांश पारित गर्ने पहिलो बैंक बनेको छ ।
साथै साबिक सिर्जना फाइनान्सलाई प्राप्ति गरेपछि साबिक पुँजी संरचना ५१ः४९ परिवर्तन भई कायम भएको पुँजी संरचना ५१ दशमलव ०७ः४८ दशमलव ९३ संथापक सेयरधनीहरूले धारण गरेको जम्मा सेयर : साधारण सेयरधनीहरूले धारण गरेको जम्मा सेयर) बमोजिम प्रबन्धपत्रमा संशोधन गर्ने प्रस्ताव समेत साधारणसभाले पारित गरेको छ ।
सभाका अध्यक्षले सेयरधनीहरूबाट प्राप्त सुझावअनुसार बैंकको काम कारबाही सञ्चालन गर्ने र भविष्यमा बैंकले अझ बढी प्रगति हासिल गर्नसक्ने विश्वास सभालाई गराए । साथै संस्थागत सुशासन तथा अनुपालनाको स्तरलाई उच्चतम राख्ने विषयमा बैंकले सदैव महत्व दिँदै आएको र आगामी दिनहरूमा समग्र बैंकको संस्थागत सुशासन तथा अनुपालनाको अवस्थालाई थप सबल तथा सुदृढ बनाउँदै जानेतर्फ बैंक प्रतिबद्ध रहेको कुरा जानकारी गरे । यसका साथै सेयरधनी तथा बैंकसँग सम्बन्धित सम्पूर्ण सरोकार पक्षहरूले पु-याएको सहयोगको लागि धन्यवाद प्रकट गर्दै यस्तै सहयोग तथा सदाशयता निरन्तर प्राप्त हुने आशा प्रकट गरे ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया