Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबैंकहरूले तीन महिनामा कमाए १८ अर्ब ७५ करोड

बैंकहरूले तीन महिनामा कमाए १८ अर्ब ७५ करोड

१४ बैंकको नाफा बढ्दा १२ वटा बैंकको नाफा घट्यो


काठमाडौं । बैंकहरूले चालू आर्थिक वर्षको पछिल्लो तीन महिनाको अवधिमा १८ अर्ब ७५ करोड रूपैयाँ खुद मुनाफा कमाएका छन् । यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा झण्डै छ प्रतिशत अर्थात् एक अर्ब पाँच करोड रूपैयाँले बढी हो । गत आवको सोही अवधिमा वाणिज्य बैंकहरूको यस्तो नाफा १७ अर्ब ७० करोड रूपैयाँ रहेको थियो ।

बैंकहरूले सार्वजनिक गरेको चालू आवको पहिलो त्रैमासिक अपरिष्कृत वित्तीय विवरणअनुसार यस अवधिमा १४ वटा बैंकहरूको नाफा बढेको छ । नाफा बढ्नेमा बैंक अफ काठमाण्डू, सेन्चुरी कमर्सियल बैंक, हिमालयन बैंक, नेपाल एसबीआई बैंक, प्रभु बैंक, स्टान्डर्ड चार्टर्ड बैंक, एभरेष्ट बैंक, कुमारी बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, राष्ट्रिय वाणिज्य बैंक, नबिल बैंक, एनआईसी एसिया बैंक, र ग्लोबल आईएमई बैंक र सिभिल बैंक रहेका छन् । यीबाहेकका एनएमबी, प्राइम कमर्सियल, सनराइज, कृषि विकास, सिद्धार्थ, मेगा, एनसीसी, सानिमासहितका १२ वटा बैंकहरूको खुद मुनाफा भने घटेको छ ।

चालू आवको पहिलो त्रैमासमा सबैभन्दा बढी नाफा एनआईसी एसिया बैंकले कमाएको छ भने सबैभन्दा कम नाफा सनराइज बैंकले कमाएको छ । सोअनुसार एनआईसी एसियाले एक अर्ब ७५ करोड ६७ लाख ७९ हजार रूपैयाँ खुद मुनाफा कमाउँदा सनराइजले १६ करोड ५८ लाख २७ हजार रूपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा भने एनआईसी एसियाले एक अर्ब १८ करोड छ लाख १९ हजार रूपैयाँ खुद मुनाफा कमाउँदा सनराइजले ४३ करोड सात लाख १६ हजार रूपैयाँ खुद मुनाफा कमाएको थियो । नबिल बैंक भने एक अर्ब ५७ करोड १५ लाख ३७ हजार रूपैयाँ खुद मुनाफा कमाएको आधारमा चालू आवको पहिलो त्रैमासमा सबैभन्दा बढी नाफा कमाउने दोस्रो ठूलो बैंक बनेको छ ।

गत आवको सोही अवधिमा नबिलको यस्तो नाफा एक अर्ब ११ करोड २२ लाख ३४ हजार रूपैयाँ रहेको थियो । बढी नाफा कमाउनेमा तेस्रो र चौथो स्थानमा पर्न सफल भएको राष्ट्रिय वाणिज्य बैंक र ग्लोबल आईएमई बैंकले भने चालू आवको पहिलो त्रैमासमा क्रमशः एक अर्ब २४ करोड ६६ लाख ७८ हजार र एक अर्ब १८ करोड ९५ लाख ४५ हजार रूपैयाँ खुद मुनाफा कमाएका छन् । गत आवको सोही अवधिमा यी बैंकहरूको यस्तो नाफा क्रमशः एक अर्ब पाँच करोड छ लाख १४ हजार र एक अर्ब ११ करोड २२ लाख २४ हजार रूपैयाँ रहेको थियो । नेपाल इन्भेष्टमेन्ट, कुमारी र एनएमबीले भने चालू आवको पछिल्लो अवधिमा क्रमशः एक अर्ब १४ करोड पाँच लाख ९७ हजार, एक अर्ब १४ लाख ५९ हजार र ९० करोड ४१ लाख ३४ हजार रूपैयाँ खुद मुनाफा कमाएका छन् । गत आवको सोही अवधिमा यी बैंकहरूको यस्तो नाफा क्रमशः ९७ करोड ३७ लाख ९५ हजार, ५४ करोड ११ लाख १९ हजार र एक अर्ब चार करोड ४४ लाख ३७ हजार रूपैयाँ रहेको थियो ।

चालू आवको पहिलो त्रैमासमा प्राइम कमर्सियल, एभरेष्ट, स्टान्डर्ड चार्टर्ड र प्रभु बंैकले क्रमशः ८७ करोड ४१ लाख ७० हजार, ८६ करोड २२ लाख ३७ हजार, ८१ करोड १३ लाख ९७ हजार र ७० करोड ५० लाख छ हजार रूपैयाँ खुद मुनाफा कमाएका छन् । गत आवको सोही अवधिमा यी बैंकहरूले क्रमशः ९७ करोड ७९ लाख ३४ हजार, ५७ करोड ६६ लाख ७३ हजार, ४८ करोड १८ लाख ४७ हजार र ६३ करोड ६३ लाख २१ हजार रूपैयाँ खुद मुनाफा कमाएका थिए । नेपाल एसबीआई, नेपाल बैंक, सानिमा बैंक र हिमालयन बैंकले भने चालू आवको पहिलो त्रैमासमा क्रमशः ७२ करोड ७३ लाख ५७ हजार, ६० करोड ४० लाख ९८ हजार, ५४ करोड ८२ लाख २० हजार र ५३ करोड २४ लाख ७५ हजार रूपैयाँ खुद मुनाफा कमाएका छन् ।

गत आवको सोही अवधिमा यी बैंकहरूले क्रमशः ३७ करोड २१ लाख ९१ हजार, ७५ कारेड ४८ लाख ५५ हजार, ५६ करोड ७८ लाख ६० हजार, ४५ करोड २८ लाख ५३ हजार रूपैयाँ खुद मुनाफा कमाएका थिए । एनसीसी, सिटिजन्स र लक्ष्मी बैंकले भने पछिल्लो अवधिमा ५१ करोड ६८ लाख ३६ हजार, ५० करोड १२ लाख १५ हजार र ५० करोड ३४ लाख २० हजार रूपैयाँ खुद मुनाफा कमाएका छन् । गत आवको सोही अवधिमा यी बैंकहरूले क्रमशः ५१ करोड ८० लाख ६७ हजार, ६८ करोड ७३ लाख ९९ हजार र ५५ करोड २८ लाख ७० हजार रूपैयाँ खुद मुनाफा कमाएका थिए ।

मेगा, सिभिल, सिद्धार्थ, र माछापुच्छ्रे भने चालू आवको पहिलो त्रैमासमा क्रमशः ५० करोड ९१ लाख ६९ हजार, ४१ करोड ५० लाख ९१ हजार, ४९ करोड ८२ लाख ५० हजार र ४५ करोड ११ लाख ८३ हजार रूपैयाँ खुद मुनाफा कमाएका छन् । गत आवको सोही अवधिमा यी बैंकहरूको यस्तो नाफा क्रमशः ९१ करोड ४६ लाख ८६ हजार, २१ करोड १८ लाख ४९ हजार, ९४ करोड ८७ लाख ३१ हजार र ५६ करोड १५ लाख ३६ हजार रूपैयाँ रहेको थियो । चालू आवको पहिलो त्रैमासिक अवधिमा सेञ्चुरी, बैंक अफ काठमाण्डू र कृषि विकास बैंकले भने क्रमशः ३१ करोड ८५ लाख १५ हजार, २८ करोड छ लाख १५ हजार र २२ करोड नौ लाख ५३ हजार रूपैयाँ खुद मुनाफा कमाएका छन् । गत आवको सोही अवधिमा भने यी बैंकहरूको यस्तो नाफा क्रमशः २७ करोड २४ लाख ७६ हजार, २५ करोड ३४ लाख ७७ हजार र ४८ करोड ५३ लाख ७८ हजार रूपैयाँ रहेको थियो । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x