अमेरिकासँग व्यापार वार्ता सुरु गर्दै बेलायत
लन्डन, फागुन २०
बेलायतले सोमबार अमेरिकासँगको व्यापार वार्ताका लागि म्यान्डेट सार्वजनिक गरेको छ । प्रधानमन्त्री बोरिस जोन्सनले अमेरिकासँगको विशेष सम्बन्धको परीक्षा हुने गरी वार्तामा ठूलै सहुलियतसहितको माग अमेरिकासँग गर्ने संकेत गरेका छन् । जनवरीमा बेलायत युरोपेली संगठनबाट बाहिरिएको थियो । प्रधानमन्त्री जोन्सनले अमेरिकासँग व्यापार सम्झौता गर्ने यसअघि नै बताउँदै आएका छन् । बेलायतले व्यापार अवरोध पूर्णरुपेण हटाउन चाहेको छ । तर उसको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) भने वार्ताको टेबुलमा नहुने बताइएको छ । त्यस्तै खाद्य मानक पनि सन्तुलनमै राखिने बताइएको छ । बेलायतले छुट र सहुलियतसहित वार्ता गर्ने भएपछि दुवै देशबीच कडा छलफल हुने भएको छ । अमेरिकाले प्रतिबन्ध लगाएको चिनियाँ प्रविधि कम्पनी हुवावेलाई बेलायतले अनुमति दिएसँगै रुष्ट बनिरहेको छ । त्यसैमाथि कडा वार्ता नीति अख्तियार गरेपछि दुई देशबीचको छलफल पनि केही अप्ठ्यारो विन्दुमा पुग्न सक्ने रोयटर्सको अनुमान छ । साथै बेलायतले डिजिटल कर लगाउने समेत तयारी गरिरहँदा व्यापार वार्ता निष्कर्षमा कसरी पुग्ला भन्ने अनुमान एजेन्सीहरुले गरेका छन् ।
जोन्सनका अनुसार औद्योगिक प्रवद्र्धनका लागि बेलायतले राम्रै बार्गेनिङको तयारी गरेको छ । बेलायतले अप्रिलदेखि डिजिटल करको प्रस्ताव गरे पनि अमेरिकासँगको वार्तापछि त्यो हाललाई स्थगन समेत हुनसक्नेछ । अमेरिकासँगको सम्झौताले बेलायतको ट्रान्सएटलान्टिक व्यापार १५ अर्ब पाउन्डसम्मको हुनसक्नेछ । यसले बेलायती अर्थतन्त्रमा ३ अर्ब पाउन्ड थप गर्ने अनुमान गरिएको छ । बेलायतको पूरै अर्थतन्त्र २७ खर्ब डलरबराबरको छ । बेलायतको लागि ईयूपछि अमेरिका नै ठूलो व्यापारिक साझेदार हो । सन् २०१८ मा कुल निर्यातको १८ प्रतिशत हिस्सा अमेरिकाले ओगटेको बताइएको छ । त्यस्तै ४५ प्रतिशत ईयूको हिस्सा छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- सर्वसाधारणका लागि खुला गरिएपछि धरहरा चढ्नेको भीड
- प्राधिकरणको उदीपुर सबस्टेसन निर्माण सम्पन्न
- मेटा र स्पोटिफाईद्वारा युरोपेली सङ्घको एआई सम्बन्धी अस्पष्ट निर्णयको आलोचना
- प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान
- नुवाकोटमा आधुनिक बन्दी गृह
- विकास निर्माणका लक्ष्य किन सधैँ अधुरा
- संविधान संशोधनबाट राजनीतिक अस्थिरताको सम्बोधन गर्न सकिन्छ : प्रधानमन्त्री
- संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ: राष्ट्रपति पौडेल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया