Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगस्किल सेवासँग मिलेर व्यवसाय गर्न सकिने

स्किल सेवासँग मिलेर व्यवसाय गर्न सकिने


काठमाडौं । युवाहरूलाई लक्षित गर्दै ‘जे गरौँ नेपालमै गरौँ’ भन्ने नाराका साथ सञ्चालनमा रहेको स्किल सेवाले लोकल बिजेनस पार्टनरसीप योजना ल्याएको छ । यस योजनाअनुसार युवाहरूले स्किल सेवासँग मिलेर काम गर्न सक्नेछन् । यस योजनाअन्तर्गत स्किल सेवाले चाहिने तालिम, वित्तीय जोखिम व्यवस्थापन, प्राविधिक इन्जिनियरिङ सहयोग, मोबाइल एप तथा वेबसाइटहरू प्रधान गर्ने कम्पनीले बताएको छ । हरेक दिन लाखौँ युवाहरू विदेशी भूमिमा आफ्नो पसिना बगाउन बाध्य छन् । कोही देशमै केही गर्न चाहने पनि छन् भने कोही विदेशबाट फर्किएर देशमै केही गर्न चाहिरहेका छन् । देशमा नै केही गर्न खोज्ने युवाहरूलाई लक्षित गरी स्किल सेवाले यो योजना ल्याएको हो । केही गर्न चाहने मानिसलाई सही ज्ञान, सीप र सहयोग गर्ने कम्पनीले जनाएको छ । कम्पनीले हामीले विगत चार वर्षदेखि सिकेको ज्ञान, सीप, बिजनेस आइडिया तथा सहयोग गर्दै आएको र हाल सँगै व्यवसाय गर्ने योजना बनाएको उल्लेख गरेको छ ।

यस योजनाअन्तर्गत स्किल सेवासँग काम गर्दा केही लगानी गर्नुपर्नेछ । त्यस क्षेत्रको शतप्रतिशत वनरसीप भने युवाहरू नै हुने र कमाइको बाँडफाँट गरिने कम्पनीले बताएको छ । यस व्यवसायमा लोकल विजनेस पार्टनरहरूले उनीहरूको क्षेत्रमा कम्पनीको सेवा सुविधा विस्तार गर्न समेत सक्नेछन् । साथै उनीहरूले स्किल सेवाले प्रदान गर्ने घर निरीक्षण, घर रिमोडेलिङ, पेन्टिङ, प्लम्बिङ, इलेक्ट्रीसियन सेवाजस्ता ३० भन्दा धेरै सेवाबाट आम्दानी गर्न सक्नेछन् । यस योजनामा आबद्ध हुनको लागि लोकल बिजनेस पार्टनरलाई फिल्ड वर्कको बारेमा पनि सिकाइनेछ तर धेरै जिम्मेवारी र स्किल भने बिजनेस डेभलभमेन्ट, मार्केटिङ र सेल्समा हुनेछ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x