नासा सेक्युरिटिजले सुरु ग-यो मार्जिन कारोबार सुविधा
काठमाडौं । नासा सेक्युरिटिज कम्पनी लि. स्टक ब्रोकर नम्बर (५८)ले नेपालमै पहिलो पटक लगानीकर्ताले सेयर ब्रोकरबाटै कर्जा लिएर सेयर खरिद गर्नसक्ने मार्जिन कारोबार सुविधा प्रदान गर्न सुरु गरेको छ । नेपाल स्टक एक्सचेन्जले २०७५ सालमा मार्जिन कारोबार सुविधासम्बन्धी कार्यविधि, २०७५ जारी गरेपछि लगानीकर्तालाई औपचारिकरूपमा यस्तो सुविधा प्रदान गर्ने नासा सेक्युरिटिज पहिलो ब्रोकर कम्पनी हो ।
नासा सेक्युरिटिजले नियमनकारी निकायहरूको मार्गनिर्देशन र मार्जिन कारोबार सुविधासम्बन्धी कार्यविधि, २०७५ बमोजिम लगानीकर्ताहरूका लागि दुई प्रकारका योजनाहरू ल्याएको छ । पहिलो योजनाअन्तर्गत १० लाखसम्मको पोर्टफोलियोमा काम गर्ने ग्राहकले ४० प्रतिशत मात्र नगद मार्जिन राखी कारोबार सुरु गर्न सक्नेछन् । सो योजना ३० दिने अवधिका लागि उपलब्ध गराइनेछ र यसमा सेवाशुल्क र ब्याजसहित जम्मा शुल्क नौ हजार नौ सय ९९ रुपैयाँ मात्र लाग्नेछ । दोस्रो योजना १० लाख रुपैयाँसम्मको पोर्टफोलियोमा ५८ दिने अवधिका लागि हुनेछ र यसमा सेवाशुल्क र ब्याजसहित जम्मा शुल्क २१ हजार ५८ रुपैयाँ मात्र लाग्नेछ ।
यी सुविधा उपभोग गर्न चाहने ग्राहकले नेप्सेवाट जारी मार्जिन कारोबार गर्न योग्य कम्पनीको सूचीभित्र रही कारोबार गर्नुपर्नेछ । कम्पनीले दुवै योजना ग्राहकहरूले आवेदन दिएको ५८ मिनेटभित्रमा स्वीकृत गर्नेछ । यस कम्पनीसँग हाल उपलब्ध स्रोत धेरैभन्दा धेरै लगानीकर्ताहरूलाई सेवा प्रदान गर्ने उद्देश्यबाट परिचालन गरिएको छ । भविष्यमा धेरै स्रोतको जोहो गरी छिटो छरितो, गुणस्तरीय र भरपर्दो सेवा प्रदान गर्न कम्पनी प्रतिबद्ध छ ।
हाम्रा योजनाहरूमा सहभागिता जनाई नयाँ सुविधाको लाभ उठाउन र सेवामा गुणात्मक सुधारका लागि रचनात्मक राय सुझाव दिन ग्राहकहरूलाई हार्दिक अपिल गर्दछौँ । कम्पनीमा मार्जिन कारोबार सुविधा लिई कारोबार गर्नका लागि कम्पनीकोे वेबसाइटमा गई आवेदन दिन सक्नेछन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- ऊर्जामन्त्री खड्काद्वारा ढल्केवर सबस्टेसनको निरीक्षण
- पन्ध्रौँ इक्यान शैक्षिक मेला असोज १३ गते
- २५ सय बिन्दुमा खुम्चियो शेयर बजार
- शुक्रराज अस्पतालमा सरुवा रोगका बिरामीको चाप बढे
- देशका गौरब र पहिचान भनेकै भाषा, साहित्य, संस्कृति: राष्ट्रपति पौडेल
- नेपालको अर्थतन्त्र सुधार हुँदै: आईएमएफ उपनिर्देशक
- काठमाडौंमा अमूर्त सांस्कृतिक सम्पदासम्बन्धी अन्तर्राष्ट्रिय सेमिनार
- ‘कनेक्टिङ कर्णाली’अन्तर्गत काठमाडौंमा मगुका तस्वीर-भिडियो प्रदर्शन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया