पोखरा फाइनान्सको नाफा ४६ लाख ९० हजार
काठमाडौं । पोखरा फाइनान्सले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा ४६ लाख ९० हजार तीन सय ५६ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने फाइनान्सको यस्तो नाफा १२ लाख ९७ हजार एक सय ९७ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी एक अर्ब चार करोड नौ लाख १९ हजार आठ सय १३ रुपैयाँ रहेको फाइनान्सले चालू आवको पहिलो त्रैमासमा १० अर्ब ९१ करोड ३६ लाख तीन हजार पाँच सय ६३ रुपैयाँ निक्षेप संकलन गरी नौ अर्ब पाँच करोड २५ लाख ८५ हजार १९ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १३ करोड २४ लाख ७० हजार नौ सय ७८ रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा दुई दशमलव ६५ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा चार दशमलव ६१ प्रतिशत स्प्रेड दर रहेको फाइनान्सको वितरणयोग्य नाफा भने दुई करोड ३१ लाख सात हजार सात सय ३४ रुपैयाँले ऋणात्मक रहेको छ ।
गत आवको सोही अवधिमा भने फाइनान्सले १० अर्ब ६२ करोड १५ लाख १० हजार छ सय ७१ रुपैयाँ निक्षेप संकलन गरी नौ अर्ब तीन करोड ५३ लाख सात हजार सात सय १२ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा आठ करोड पाँच लाख ७४ हजार छ सय ८० रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा दुई दशमलव शून्य सात प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दशमलव ३१ प्रतिशत रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- ऊर्जामन्त्री खड्काद्वारा ढल्केवर सबस्टेसनको निरीक्षण
- पन्ध्रौँ इक्यान शैक्षिक मेला असोज १३ गते
- २५ सय बिन्दुमा खुम्चियो शेयर बजार
- शुक्रराज अस्पतालमा सरुवा रोगका बिरामीको चाप बढे
- देशका गौरब र पहिचान भनेकै भाषा, साहित्य, संस्कृति: राष्ट्रपति पौडेल
- नेपालको अर्थतन्त्र सुधार हुँदै: आईएमएफ उपनिर्देशक
- काठमाडौंमा अमूर्त सांस्कृतिक सम्पदासम्बन्धी अन्तर्राष्ट्रिय सेमिनार
- ‘कनेक्टिङ कर्णाली’अन्तर्गत काठमाडौंमा मगुका तस्वीर-भिडियो प्रदर्शन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया