Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजाररूसद्वारा खाद्यान्नसम्बन्धी सम्झौता स्थगन गरेको घोषणा

रूसद्वारा खाद्यान्नसम्बन्धी सम्झौता स्थगन गरेको घोषणा


क्रेमलिन । संयुक्त राष्ट्रसंघको मध्यस्थतामा युक्रेनसँग भइरहेको खाद्यान्न सम्झौतामा रूसले आफ्नो सहभागितालाई स्थगन गरेको रूसी रक्षा मन्त्रालयको भनाइ उद्धृत गर्दै सीएनएनले जनाएको छ ।

रूस र युक्रेनबीच युद्ध चर्किरहेका बेला शनिबार क्रिमियामा युक्रेनी ड्रोन आक्रमण भएपछि रूसले उक्त सम्झौता अनिश्चितकालका लागि स्थगन गरेको हो । संयुक्त राष्ट्रसंघका लागि रूसी प्रतिनिधि दिमित्री पोल्यान्स्कीले एक ट्विटमा भनेका छन्, ‘रूसी सैन्य जहाजमाथि युक्रेनी ड्रोन आक्रमणको प्रयासपछि खाद्यान्न सम्झौता सुरक्षित रूपमा सञ्चालन गर्नुपर्ने सुनिश्चितता गरिएको छ ।’

उनले भने, ‘संयुक्त राष्ट्रसंघका प्रमुख एन्टोनियो गुटेर्रेसलाई यसबारे चाँडै नै आधिकारिक रूपमा सूचित गरिनेछ ।’

संयुक्त राष्ट्रसंघ र टर्कीसँग रूस र युक्रेनबीच भएको खाद्यान्न सम्झौताले ‘ब्ल्याक सी’का तीन वटा बन्दरगाहमा अड्किएका दुई करोड २० लाख युक्रेनी खाद्यान्न निर्यातका लागि मार्ग प्रशस्त गरेको छ । भोकमरीको आसन्न खतराको सामना गरिरहेका विश्वका गरिब राष्ट्रका लाखौं मानिसहरूले यो अति आवश्यक मात्रामा खाद्यान्न बजारमा पुग्ने र खाद्यान्नको मूल्य फेरि एकपटक किफायती हुन सक्ने समाचार सुनेर राहतको सास फेरेका समय रूसको यो निर्णय आएको हो ।

यद्यपि, दुई देश (रूस र युक्रेन) बीचको तनाव बढेकाले रूसको यो निर्णयले विश्वको दुःखलाई अझ बढाउनेछ । युक्रेनविरूद्धको रूसी आक्रमणपछि मस्कोले ‘ब्ल्याक सी’मा रहेका बन्दरगाहहरूमा नाकाबन्दी गरेको थियो भने युक्रेनले पनि रुसी आक्रमण रोक्न ब्ल्याक सी क्षेत्रमा आक्रमण गरेको थियो ।

रूसी आक्रमणसँगै युक्रेनी अनाज निर्यात गर्न प्रयोग गरिने बन्दरगाहहरू व्यावसायिक ढुवानीको लागि अवरुद्ध गरिएको थियो र युक्रेन एक प्रमुख अनाज निर्यातकर्ता भएकोले विश्वभर आवश्यक वस्तुको मूल्य वृद्धि भएको थियो । तीव्र भोकमरीको सामना गरिरहेका लाखौं गरीब मानिसहरूका लागि ब्ल्याक सी क्षेत्रमा खाद्यान्न निर्यातमा गरिएको अवरोधले खाद्यान्न अभाव भएको छ ।

युक्रेन र रूस दुवै विश्वमा खाद्यान्नको सबैभन्दा ठूलो निर्यातकर्ता हुन् । नाकाबन्दीका कारण विश्वभर खाद्यान्नको मूल्य बढेको छ । रूस र युक्रेनबीच खाद्यान्नलाई निर्यात गर्ने सम्बन्धमा भएको यो सम्झौता अर्को महिनादेखि सकिँदै छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x