Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगयी हुन् भिभोको वाई शृंखलाका उत्कृष्ट स्मार्टफोन

यी हुन् भिभोको वाई शृंखलाका उत्कृष्ट स्मार्टफोन


काठमाडौं । भिभोले वाई शृंखलाका स्मार्टफोनमार्फत नेपाली प्रयोगकर्ताहरुका लागि धेरै विकल्पहरू उपलब्ध गराउँदै आइरहेको छ । ब्रान्डले आफ्नो स्मार्टफोनमा नवीनतम क्यामेरा प्रविधि र नयाँ विशेषताहरु समावेश गरेर बजारमा बलियो पकड बनाउन सफल भएको छ ।

वाई सिरिजका सबै स्मार्टफोनहरू अत्याधुनिक प्रविधिद्वारा डिजाइन गरिएका छन् जसले उत्कृष्ट पर्फमेन्स र नवीनतामार्फत ग्राहकको अनुभवलाई अझ वृद्धि गर्नेछ । भिभो वाई सिरिजका स्मार्टफोनहरु ग्राहकहरूका लागि सुलभ मूल्य दायरामा अद्वितीय फ्ल्यागसिप अनुभवका साथै नवीन क्यामेरा प्रविधि तथा शक्तिशाली कार्यसम्पादन प्रदान गर्न केन्द्रित छन् ।

वाई३५ : भिभो वाई३५ स्टाइल र प्रविधिको उत्कृष्ट संयोजन भएको स्मार्टफोन हो । यसमा एक्सटेन्डेड -याम ३.० (८जीबी + १२८जीबी) छ, जसले एउटा एपबाट अर्कोमा सहजै स्विच गर्न अनुमति दिन्छ र निर्बोध अनुभव प्रदान गर्दछ । कुनै पनि कार्यहरु स्मुद रुपले गर्न, वाई३५ मा पाँच हजार एमएएच ब्याट्री छ । यसलाई ४४ वाट फ्ल्यासचार्जले सपोर्ट गर्दछ । यस उपकरणले शक्तिशाली कार्यसम्पादन सुनिश्चित गर्नुका साथै यसमा ५० एमपी ट्रिपल रियर क्यामेरा छ, जसले उत्कृष्ट क्यामेरा क्षमताहरू प्रदान गर्दछ । व्यावसायिक क्यामेरा जस्तै उच्च–स्तरीय तस्बिरहरु खिच्छ । क्यामेराले सुपर नाइट क्यामेराजस्ता सुविधाहरू पनि प्रदान गर्दछ, जसले प्रयोगकर्ताहरूलाई कुनै समस्याविना नै रातको सुन्दर दृश्यहरू खिच्न मद्दत गर्दछ । यस्तै बोकेह फ्लेयर पोर्ट्रेट जसले मल्टि–फ्रेम डिनोइजिङ र एआई ब्राइटनिङ टेक्नोलोजीको साथ स्पष्ट र सुन्दर पोर्ट्रेटहरू खिच्न मद्दत गर्दछ । यसको मूल्य ३० हजार नौ सय ९९ रुपैयाँ छ ।

वाई३३एस : वाई३३एस एक उत्कृष्ट डिजाइन गरिएको स्मार्टफोन हो, जसलाई नेपाली ग्राहकहरूले धेरै मन पराएका छन् । यो फोनमा शार्प र अल्ट्रा–क्लियर फोटोग्राफीको लागि ५० एमपी रियर क्यामेरा र १६ एमपी सुपर नाइट सेल्फी क्यामेरा रहेको छ । यो शक्तिशाली स्मार्टफोन १८ वाट फास्ट चार्जको साथ ५००० एमएएच ब्याट्रीमा आउँछ । वाई३३एसमा एक्सटेन्डेड -याम २.० (८ जीबी+ १२८जीबी) छ । स्लिम र ट्रेंडी स्मार्टफोन वाई३३एसको मूल्य २९ हजार नौ सय ९९ रुपैयाँ रहेको छ ।

वाई२२ : वाई२२ प्रयोगकर्ताहरूका लागि राम्रो विकल्प हो । यसमा मिडियाटेक हेलियो जी८५ प्रोसेसर छ, जसले शक्तिशाली कार्यसम्पादनको प्रतिज्ञा गर्दै हरेक कार्यलाई सहज बनाउँछ । यो १८ वाट फास्ट चार्जको साथमा शक्तिशाली पाँच हजार एमएएच ब्याट्रीमा आउँछ र विशाल ब्याट्री क्षमताको साथमा शक्तिशाली प्रोसेसरको संयोजनले वाई२२ लाई धेरै आकर्षक बनाएको छ । यसमा ५०एमपी रियर क्यामेरा रहेको छ, जसले स्पष्ट, सुन्दर र उज्यालो तस्बिरहरू लिन सम्भव बनाउँछ । वाई२२ मा सुपर नाइट क्यामेरासँगै भिडियो फेस ब्यूटी र मल्टी स्टाइल पोट्र्रेटजस्ता विभिन्न क्यामेरा सुविधाहरू पनि उपलब्ध छन् । भिडियो फेस ब्यूटी फिचरले सेल्फी लिने वा भिडियो खिच्ने प्रयोगकर्ताहरूको अनुहारको अझ आकर्षक बनाउँछ । साथै अर्कोतर्फ मल्टि स्टाइल पोर्ट्रेटले व्यक्तिगत पोर्ट्रेट खोज्ने प्रयोगकर्ताहरूको लागि धेरै स्टाइलहरू समावेश गर्दछ ।

वाई२२एस : वाई२२एसले भिभोको वाई सिरिजको गतिशील र युवा–केन्द्रित दृष्टिकोणलाई अगाडि बढाउँछ र प्रयोगकर्ताहरुका विभिन्न आवश्यकताहरू पूरा गर्न प्रयासरत छ । वाई२२एसमा स्न्यापड्रयागन ६८० प्रोसेसर, छ जीबी -याम र १२८ जीबी रोम रहेको छ, जसले प्रयोगकर्ताहरूलाई विना कुनै ढिलाइ एकैसाथ धेरै ठूला एपहरू चलाउन अनुमति दिन्छ । यसको एक्सटेन्डेड ¥याम विशेषतामार्फत निष्क्रिय रोमलाई प्रयोग गर्न सकिन्छ र एक टीबीसम्म मेमोरी कार्ड थप्न पनि सकिन्छ ।

वाई२२एसमा एआई पावर–सेभिङ टेक्नोलोजी पनि छ । यसको पाँच हजार एमएएच ब्याट्रीलाई १८ वाट फास्ट चार्जले सपोर्ट गरेको छ । यसका साथै, ५०एमपी रियर क्यामेरा र ८एमपी एचडी फ्रन्ट क्यामेरासँग भिडियो फेस ब्यूटी अप्टिमाइज गरिएको छ, जसले प्रयोगकर्ताहरूलाई सिनेमेटिक तस्बिरहरू क्लिक गर्न मद्दत गर्दछ । पछाडि र अगाडिका क्यामेराहरूलाई क्रमशः सुपर नाइट मोड र सुपर नाइट सेल्फी मोडको साथ अप्टिमाइज गरिएको छ, जसले प्रयोगकर्तालाई कम प्रकाशका क्षणहरूलाई जादुयी रूपमा उत्कृष्ट बनाउन अनुमति दिन्छ । यसबाहेक, प्रयोगकर्ताहरुलाई व्यक्तिगत पोर्ट्रेट खिच्न वाई२२एसमा मल्टी–स्टाइल पोर्ट्रेट– फेस ब्यूटी, बोकेह, र अन्य स्टाइलहरू समावेश छन् । रातको समयमा पनि विस्तृत र जीवन्त तस्बिरहरू खिच्दै वाई२२एसले स्मार्टफोन फोटोग्राफीलाई अझ स्मार्ट बनाएको छ ।

वाई५५ : वाई५५ शक्तिशाली प्रोसेसर र क्यामेरा भएको वाई सिरिजको नयाँ स्मार्टफोन हो । यस फोनमा ५० एमपी एचडी ट्रिपल क्यामेरा छ जसले डबल एक्सपोजर र अल्ट्रा स्टेबल भिडियो प्रदान गर्दछ । वाई५५ मा स्न्यापड्रेगन ६८० प्रोसेसर छ जसले यस स्मार्टफोनलाई गेमिङ तथा स्ट्रिमिङका लागि सक्षम बनाउँछ । यो उपकरण पाँच हजार एमएएच ब्याट्रीको साथ आउँछ, जुन ४४ वाट फ्ल्यासचार्जद्वारा समर्थित छ । यो स्मार्टफोन ३३ हजार नौ सय ९९ रुपैयाँमा देशभर उपलब्ध रहेको कम्पनीले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x