Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारचाडपर्व सकिएपछि पनि बीओकेले २५ प्रतिशतसम्म नगद फिर्ता दिने

चाडपर्व सकिएपछि पनि बीओकेले २५ प्रतिशतसम्म नगद फिर्ता दिने


काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले चाडपर्व सकिएपछि पनि बीओकेको २५ प्रतिशतसम्मको नगद फिर्ता दिने भएको छ । बैंकले यसअघि नेपालीहरूको महान चाडहरू दशैँ, तिहार, नेपाल संवत ११४३ तथा छठमा आफ्ना ग्राहकहरूलाई आवश्यक सरसामान खरिद गर्दा सुविधा होस् भन्ने हेतुले २५ प्रतिशतसम्मको क्यासब्याक योजना ल्याएको थियो । सोअनुसार चाडपर्वहरूमा मात्र होइन चाडपर्वपश्चात् पनि आफ्ना ग्राहकहरूलाई मोबाइल बैंकिङबाट क्यूआर स्क्यान गरी विद्युतीय भुक्तानी कारोबारमा २५ प्रतिशतसम्मको नगद फिर्ता योजना सार्वजानिक गरेको छ ।

यो योजनाअन्तर्गत बैंकको मोबाइल बैंकिङमार्फत प्रथम पटक क्यूआर स्क्यान गरी कारोबार गर्ने ग्राहकहरूले नगदफिर्ता योजना अवधिको प्रथम कारोबार रकमको २५ प्रतिशत वा एक सय ५० रुपैयाँसम्मको नगद फिर्ता पाउन सक्ने छन् । यस नगदफिर्ता योजना यही २०७९ साल कात्तिक १५ गते मंगलबारबाट २०७९ साल कात्तिक ३० गते बुधबारसम्म मात्र रहने भएकोले ग्राहकहरूलाई आजै नगद फिर्ता योजनाको फाइदा लिन बैंकले आग्रह गरेको छ । ग्राहकहरूलाई विद्युतीय भुक्तानी कारोबार गर्न थप प्रोत्साहित गराउने प्रयोजनले चाडपर्वहरूमा मात्र नभई बैंकले चाडपर्वपश्चात् पनि २५ प्रतिशतसम्मको नगद फिर्ता योजना सार्वजानिक गरेको बैंकले जनाएको छ ।

विद्युतीय कारोबारमा बैंकको ग्राहकलाई उत्प्रेरित गर्ने हेतुले बैंकले विभिन्न ईकमर्स प्लेटफर्महरू, विभिन्न होटलहरू, रेस्टुरेन्टहरू, फिटनेस सेन्टरहरू, स्टोरहरू, अस्पतालहरू, स्वास्थ्य क्लिनिकहरू, इन्स्टिच्युटहरूमा छुटहरू प्रदान गरिरहेको र भविष्यमा पनि विभिन्न नगद फिर्ता तथा छुटको योजनाहरू ल्याई ग्राहकहरूलाई लाभान्वित बनाउन बैंक प्रतिबद्ध जनाएको छ । हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले एक सय तीनवटा शाखा कार्यालयहरू, ९८ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरूलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x