Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारश्रीलंकामा भित्रिए ४२ हजार बढी पर्यटक

श्रीलंकामा भित्रिए ४२ हजार बढी पर्यटक


कोलम्बो । श्रीलंकामा अक्टोबर महिनामा ४२ हजारभन्दा बढी पर्यटक प्रवेश गरेका छन् । सिन्ह्वाका अनुसार योसँगै यस वर्ष हालसम्मको कूल पर्यटकको संख्या पाँच लाख ६८ हजार नाघेको देशको पर्यटन प्राधिकरणको तथ्यांकले मंगलबार सार्वजनिक गरेको छ ।

पर्यटनमा सबैभन्दा बढी विदेशी मुद्रा आर्जन गर्ने दक्षिण एसियाली देश श्रीलंकाले सन् २०२० सम्ममा कम्तीमा १० लाख पर्यटक भित्र्याउने अपेक्षा गरेको पर्यटन विकास प्राधिकरणले जनाएको छ ।

यदि यो सफल भयो भने श्रीलंकाले पर्यटन क्षेत्रबाट १.८ अर्ब अमेरिकी डलर प्राप्त गर्ने अपेक्षा गरिएको छ । पर्यटनमन्त्री हरिन फर्नान्डले फिफा विश्वकपका लागि कतार जानेहरूका लागि कोलम्बोलाई ट्रान्जिट प्वाइन्टको रूपमा प्रवद्र्धन गर्ने उद्देश्यले काम भइरहेको बताएका छन् । 


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x