Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगटीभीएसको कायापलट योजना अब ३ दिन बाँकी

टीभीएसको कायापलट योजना अब ३ दिन बाँकी


काठमाडौं । नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले नेपालीहरुको महान चाड दशैं, तिहार तथा छठपर्वहरुलाई मध्यनजर गर्दै सार्वजनिक गरेको ‘कायापलट’ नामको विशेष योजना समाप्त हुन अब तीन दिन मात्र बाँकी छ ।

यस योजनाको भरपूर लाभ लिन र बम्परमा ५० लाखको नगद उपहार प्राप्त गर्न छिटो टीभीएसका कुनै पनि दुई पांग्रे सवारीसाधन किन्न कम्पनीले आग्रह गरेको छ । योजनामार्फत धेरै ग्राहकहरुले नगद पुरस्कार तथा उपहारहरु पाउन सफल भइसकेका छन् । नकिन्दै एक लाख, किन्दा दश लाख प्रप्त गर्न र हरेक हप्ता एक खरिदकर्ताले सम्पूर्ण नगद फिर्ता पाउने कम्पनीले जनाएको छ । यसका साथै हरेक दिन योजनाबारे सोधपुछ गर्ने एक भाग्यशाली विजेताले रियलमी सी३० स्मार्टफोन र २५ प्रतिशत डाउनपेमेन्ट र चार हजार दुई सय ७७ रुपैयाँको मासिक ईएमआईमै बाइक तथा स्कुटर पाउनसक्ने प्रावधानहरु पनि यस योजनामा समावेश छन् ।

जगदम्बा मोटर्स प्रालि नेपालमा टीभीएसका दुई पांग्रे सवारीसाधनका लागि एक मात्र आधिकारिक वितरक हो । कम्पनीको नेपालभर एक सय ४० भन्दा बढी डिलरहरु छन् । गुणस्तरीय उत्पादनहरु, बिक्रीपश्चात्को उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपुर्जाहरुको उपलब्धतामार्फत उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण टीभीएस नेपालको सर्वाधिक रुचाइएको टू–ह्विलर ब्राण्डका रुपमा स्थापित रहेको कम्पनीको दाबी छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x