भैरहवा र सिमरा सेजको जग्गा करिब शतप्रतिशत बुकिङ
काठमाडौं । विशेष आर्थिक क्षेत्र (सेज) मा जग्गा (प्लट) मागमा वृद्धि भएको छ । विशेष आर्थिक क्षेत्र प्राधिकरणले लगानीकर्तालाई उद्योग स्थापना गर्नको लागि आह्वान गरेकोमा प्लट माग बढेको हो । प्राधिकरणले भैरहवा र सिमरा सेजमा प्लट प्रदान गर्ने बताएको थियो । सोहीअनुरुप उद्योगी तथा लगानीकर्ताहरुले भैरहवामा ३१ वटा उद्योगका लागि सातवटा प्लट र सिमरामा २८ वटा उद्योगका लागि ६८ वटा प्लट माग गरिएको प्राधिकरणले जनाएको छ । करिब शतप्रतिशत प्लटहरु उद्योगी तथा लगानीकर्ताहरुले बुकिङ गरिसकेको सेजका कार्यकारी निर्देशक डा.चण्डिका प्रसाद भट्टले बताए ।
उनले भैरहवा र सिमरा सेजको ‘ए’ ब्लकभित्र क्रमशः ४५ वटा र ६८ वटा प्लटहरुको लागि निवदेन माग गरिएको बताउँदै लगानीकर्ता इच्छुक देखिएसँगै प्लटहरु बिक्री भएको हो । ‘पूर्वाधारहरुको विकास तथा छुटको व्यवस्थाले गर्दा लगानीकर्ताहरुको सेजप्रति आकर्षण देखिएको हो’, उनले भने, ‘निर्यात प्रतिशतमा दिइएको अनुदानलगायतका कारण सेजप्रति आकर्षण बढेको हो ।’
यस्तै, आवेदन दर्ता गराउने उद्योगहरुमा विद्युतीय उत्पादन, विद्युतीय स्कुटर एसेम्बल, गार्मेन्ट, प्लाष्टिक सामग्री उत्पादन गर्ने रहेका छन् । सेज ऐन संशोधन, छुटलगायतको व्यवस्थाले गर्दा सेजमा लगानीकर्ताहरुको वृद्धि भएको हो । अर्कोतर्फ उद्योगलाई जग्गा उपलब्ध गराउनेसम्बन्धी मापदण्ड, २०७८ अनुसार गरिने र उद्योगहरुको वर्गीकरण गरी प्लट उपलब्ध गराइने बताइएको छ ।
यस्तै, ६८ वटा प्लटमा उद्योग स्थापना गर्ने भन्दै लगानीकर्ताहरुसँग सम्झौता भएको छ । हाल सातवटा उद्योगहरु सेजमा सञ्चालनमा छन् । नयाँ उद्योगहरुले स्थापना गर्न लगानीकर्ताहरु इच्छुक देखिएसँगै पूर्वाधारहरुको विकास गर्नुपर्ने दायित्व प्राधिकरणमाथि थपिएको छ । प्राधिकरणले भैरहवा सेजमा उद्योग स्थापना गर्नका लागि गत साउन ३ गते र त्यसअघि फागुन २५ गते आवेदन दिनसक्ने भन्दै सार्वजनिक सूचना निकालेको थियो । पहिलो सूचनामा ४५ वटा प्लट र दोस्रो सूचनमा २ प्लट ‘एफ वान र एफ फाइभ’ रहेको जनाएको थियो ।
यसैबीच प्राधिकरणले विशेष आर्थिक क्षेत्र ऐन संशोधन गर्ने तयारी गरेको छ । विशेष आर्थिक क्षेत्र–पहिलो संशोधन ऐन–२०७५ मा विशेष आर्थिक क्षेत्रमा स्थापना भएका उद्योगबाट उत्पादन गरेको कम्तीमा ६० प्रतिशत वस्तु वा सेवा निर्यात गर्नुपर्ने व्यवस्था गरिएको थियो, सो कारणले गर्दा निजी क्षेत्रमा सेजमा जान डराएका थिए । सोभन्दा अघि ७५ प्रतिशत निर्यात बाध्यकारी थियो । मस्यौदामा भने उद्योग स्थापनाको तेस्रो वर्ष २० प्रतिशत, चौथो वर्ष ४० प्रतिशत र पाँचौँ वर्ष ६० प्रतिशत निर्यात प्रावधानको व्यवस्था गरिएको छ । यसका साथै विभिन्न वर्षमा कुल ६० प्रतिशतभन्दा पनि कति वर्षभित्र ६० प्रतिशत गरेको छ/छैन भन्ने विषयलाई मान्यता दिने हाम्रो अवधारणा रहेको कार्यकारी निर्देशक डा.भट्टको भनाइ छ ।
यस्तै, विद्युत् महसुलमा ५० प्रतिशत छुटको व्यवस्था गर्ने समेत तयारी गरिएको छ । यसका लागि भने प्राधिकरणले सरकार र नेपाल विद्युत् प्राधिकरणसँग छलफल अघि बढाएको छ । विदेशी लगानीको हकमा भने लचिलो बन्ने प्रयास गरिने भएको छ जसले गर्दा विदेशी लगानीकर्ताहरु यहाँ आएर लगानी गर्ने वातावरण मिलोस् ।
एक हजार चार सय वर्गमिटरदेखि तीन हजार सात सय वर्ग मिटरका प्लटहरु रहेको सेजमा हाल भू–बहाल २० रुपैयाँ प्रतिमहिना प्रतिवर्गमिटर रहेको छ । भू–बहाल अवधिका बढीमा ३० वर्ष रहेको छ । प्राधिकरणले सेजमा आन्तरिक सडक, विद्युत्, पानी, ढल, पेट्रोल पम्प, धर्मकाटा, सुरक्षा, दूषित पानी प्रशोधन केन्द्र, बैंक, बीमालगायतका सेवाहरु उपलब्ध गराउँछ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन: अदालत
- बजार परिसुचक २७ सय ४८ बिन्दुमा
- ‘सङ्घीय गणतान्त्रिक शासन प्रणाली सबैभन्दा उपयुक्त’
- जलवायु न्यायका लागि रस्साकस्सी
- लैङ्गिक हिंसा रोकथाम गर्न मन्त्रालयको सक्रियता
- ‘पूर्णबहादुरको सारङ्गी’ बन्यो सर्वाधिक कमाउने चलचित्र
- जनकपुरधामबाट अयोध्या तिलकमा २५१ जना जाने
- नारायणगढ–बुटवल सडक निर्माणमा भएको ढिलाइबारे प्रधानमन्त्रीको चासो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया