Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारराजमार्ग विस्तारका लागि कालोपत्रे सुरु

राजमार्ग विस्तारका लागि कालोपत्रे सुरु


कञ्चनपुर, फागुन २१
पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको महेन्द्रनगर बजार क्षेत्रको राजमार्ग सडकको विस्तारका लागि कालोपत्रे बनाउने काम सुरू गरिएको छ । महेन्द्रनगरको पश्चिम शिव मन्दिरदेखि ट्राफिक चोकसम्मको एक हजार चार सय मिटर सडक चार लेनको बनाएर कालोपत्रे गर्न सुरु गरिएको सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी तथा इन्जिनियर लक्ष्मण जोशीले बताए ।बजार क्षेत्रमा बढ्दो दुर्घटना न्यूनीकरणका लागि बजार क्षेत्रको सडक चार लेनसँगै कालोपत्रे र साढे ९ किलोमिटर सडक स्तरोन्नति तथा कालोपत्रेको पुनः कालोपत्रे (रिसोलिङ) गरिने सडक डिभिजन कार्यालय, महेन्द्रनगरका सूचना अधिकारी एवं इन्जिनियर जोशीले बताए । सडक विभागले गत मंसिरमा सडक अतिक्रमण गरेर बसेका टहराहरू हटाएको थियो । उक्त हटाइएको महेन्द्रनगरको शिव मन्दिरदेखि ट्राफिक चोकसम्मको सडक चार लेन बनाएर कालोपत्रे गर्न लागिएको सडक डिभिजन कार्यालय, महेन्द्रनगरका सूचना अधिकारी एवं इन्जिनियर जोशीले बताए । उनका अनुसार हाल महेन्द्र राजमार्गको शिव मन्दिरदेखि ट्राफिक चोकसम्मको सडकमा दुवैतर्फ ३ दशमलव ५ दायाँ र ३ दशमलव ५ मिटर बायाँतिरमा ग्राभेलिङ हालेर कालोपत्रे विस्तारको काम सुरू भएको छ । आर्थिक वर्ष २०७६÷७७ को फागुनभित्र सडक निर्माण गरिसक्ने लक्ष्यसहित चार लेनको सडक निर्माणको जिम्मा कुमार जोशी जेभीले पाएको छ । संघीय सरकारको चार करोड ५० लाख रूपैयाँ लगानीमा सो क्षेत्रमा सडक फराकिलो बनाउने काम जारी रहेको सडक डिभिजन कार्यालय, महेन्द्रनगरले बताएको छ । सोही बेजटअन्तर्गत महेन्द्र राजमार्गकै गड्डाचौकीदेखि काङलापुल भाँसीसम्म नौ दशमलव २६ किलोमिटर कालोपत्र सडकमा रिसोलिङको कामसमेत भइरहेको इन्जिनियर जोशीले बताए । सो कार्य आर्थिक वर्ष २०७६÷७७ को जेठसम्म कालोपत्र सक्नुपर्ने समय सीमा तोकिएको उनले बताए ।यस्तै वेदकोट नगरपालिकास्थित चौधर नदीदेखि काङला पुलसम्मको राजमार्ग पनि चारलेनका लागि फराकिलो बनाइने भएको छ ।

‘दायाँ–बायाँतर्फ ७÷७ मिटर गरेर जम्मा १४ मिटर सडक फराकिलो बनाएर पहिलो चरणमा ग्राभेलिङ, माटो फिलिङ गर्ने काम भइरहेको छ,’ सूचना अधिकारी जोशीले भने । यस आर्थिक वर्षमा उक्त काम सक्नेगरी ७३ लाख ९९ हजार रूपैयाँ लगानीमा सो कामको जिम्मा राखी कन्स्ट्रक्सनले पाएको छ । ‘सडक चार लेन बनाउनुका साथै पश्चिम गड्डाचौकीदेखि कान्द्रा पुलसम्म सडकलाई रिसोलिङ (कालोपत्रको तह थप) गरिनेछ,’ उनले भने, ‘चालू आवभित्र दुवै काम सम्पन्न हुनेछ ।’ पूर्वपश्चिम राजमार्गको दुवैतर्फ सडक चौडा पार्ने कार्यक्रमअन्तर्गत माटो र ग्राभेल भरानको काम पनि चलिरहेको छ । हालसम्म १० किलोमिटरभन्दा बढी खण्डमा माटो भरानको काम सकिएको इन्जिनियर जोशीले बताए । बजार क्षेत्रमा निकै साँघुरो सडक भएर दुर्घटनाको जोखिम बढेकाले सवारी साधनको चाप कम गर्न बजार क्षेत्रको सडक चौडा पार्ने काम थालिएको उनको भनाइ छ । उनका अनुसार गड्डाचौकीदेखि पूर्वतर्फ अढाइ किलोमिटर र वेदकोट नगरपालिकाको चौधर नदीदेखि पश्चिमतर्फ २ किलोमिटरमा माटो तथा ग्राभेल भरिनेछ । सरकारले ४ वर्षअघि पूर्वपश्चिम राजमार्ग चार लेनको बनाउने घोषणा गरेको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x