रिद्धि सिद्धिको शून्यको कमाल उपभोक्ता मालामाल योजना सार्वजनिक
काठमाडौं । सिमेन्ट उत्पादक कम्पनी रिद्धि सिद्धिले शून्यको कमाल उपभोक्ता मालामाल योजना सार्वजनिक गरेको छ । यो हात खाली नजाने उपहारअन्तर्गत हरेक ५० बोरा रिद्धि सिद्धि सिमेन्टको खरिदमा ग्राहकहरुले स्क्रयाच कुपन प्राप्त गर्नेछन् ।
यस कुपनहरुमा पाँच सय रुपैयाँदेखि १० हजार रुपैयाँसम्म उल्लेख गरिएको हुन्छ । साथै शून्य अंक उल्लिखित कुपन प्राप्त गरी आफ्नो कुपनमा भएको रकम पछाडि शून्य थप गरी १० गुणासम्म रकम प्राप्त गर्न सकिन्छ । यद्यपि ५० भन्दा धेरै संख्यामा शून्यको कुपन भए पनि प्रत्येक कुपनमा एकपटक मात्र शून्यलाई पछाडि जोडेर एक लाखसम्म रकम प्राप्त गर्न मिल्नेछ । उदाहरणको लागि १० हजार रुपैयाँको कुपन भएमा त्यसको पछाडि एउटा शून्य थपेर एक लाख रुपैयाँसम्म रकम पाइन्छ । यदि पाँच हजार रुपैयाँ वा सोभन्दा माथिको रकम परेमा कम्पनीको आधिकारिक सम्पर्क नम्बरमा रजिष्टर गर्नुपर्नेछ । उक्त रकममा शून्य थप गरिएको अवस्थामा कम्पनीको आधिकारिक व्यक्तिबाट निर्माण स्थलमै रकम प्रदान गरिनेछ ।
कम्पनीको मुख्य उद्देश्य भनेको ग्राहकहरूलाई उच्च प्राविधिक प्रणालीद्वारा उत्पादित सिमेन्ट उपलब्ध गराउनु र राष्ट्रमा सिमेन्ट गुणस्तरको नयाँ आयाम थप्नु हो । यसै क्रममा कम्पनीले ग्राहकहरुलाई विभिन्न योजनाहरु प्रदान गर्दै आएको छ । यसपालि भने ग्राहकहरुलाई प्रेरित गर्न यो योजना सार्वजनिक गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यो योजना मंगलबारदेखि सुरु भएको र आगामी पुस ३० गतेसम्म मात्र लागू हुनेछ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- ऊर्जामन्त्री खड्काद्वारा ढल्केवर सबस्टेसनको निरीक्षण
- पन्ध्रौँ इक्यान शैक्षिक मेला असोज १३ गते
- २५ सय बिन्दुमा खुम्चियो शेयर बजार
- शुक्रराज अस्पतालमा सरुवा रोगका बिरामीको चाप बढे
- देशका गौरब र पहिचान भनेकै भाषा, साहित्य, संस्कृति: राष्ट्रपति पौडेल
- नेपालको अर्थतन्त्र सुधार हुँदै: आईएमएफ उपनिर्देशक
- काठमाडौंमा अमूर्त सांस्कृतिक सम्पदासम्बन्धी अन्तर्राष्ट्रिय सेमिनार
- ‘कनेक्टिङ कर्णाली’अन्तर्गत काठमाडौंमा मगुका तस्वीर-भिडियो प्रदर्शन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया