Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगदराज ११.११ लागि १८ प्रमुख बैंकहरूसँग सम्झौता

दराज ११.११ लागि १८ प्रमुख बैंकहरूसँग सम्झौता


काठमाडौं । नेपालको सबैभन्दा ठूलो अनलाइन शपिङ फेस्टिभल ११.११ को लागि दराजले नेपालका प्रमुख १८ वटा बैंकहरुसँग सम्झौता गरेको छ । ११ लाख उत्पादनहरूमा ८० प्रतिशतसम्मको छुटसहित दराजले ११.११ को पाँचौँ संस्करण यही कात्तिक २५ गते (११ नोभेम्बर २०२२)मा सुरु हुने घोषणा गरेको छ ।

दशैँ धमाका अभियानको सफलतापश्चात् दराजले आफ्नो ध्यान वर्षकै सबैभन्दा ठूलो अभियानमा सारेको जनाएको छ । यसभित्रको पहिलो पहल भने ग्राहकहरूलाई ११.११ को अवधिमा थप छुट उपलब्ध गराउन नेपालका अग्रणी बैंकहरूसँगको साझेदारी गर्नु रहेको कम्पनीको भनाइ छ । बैंक र प्रिपेमेन्ट छुटहरू दराजका वर्षभरिको सबै अभियानहरूको महत्वपूर्ण हिस्सा छ । कम्पनीले दराज ११.११ को बैंक र प्रिपेमेन्ट छुटहरू अझ ठूलो र राम्रो हुने आश्वासन दिएको छ । ११.११ को लागि दराजले डेबिट/क्रेडिट कार्ड प्रिपेमेन्ट मार्फत २० प्रतिशत (अधिकतम ३ हजार रुपैयाँ) छुट प्रदान गर्न नेपालका १८ वटा अग्रणी बैंकहरूसँग साझेदारी गरेको हो । उक्त बैंकका ग्राहकहरूले दराज ११.११ अभियानको सम्पूर्ण अवधिमा डेबिट कार्डमार्फत १५ प्रतिशत (अधिकतम २५ सय) र क्रेडिट कार्डमार्फत २० प्रतिशत (अधिकतम तीन हजार) सम्मको छुट प्राप्त गर्नेछन् ।

दराज ११.११ अभियानका लागि दराजले नबिल, कुमारी, सानिमा, माछापुच्छ्रे, एभरेष्ट, सनराइज, मेगा, एनएमबी, सिटिजन्स, नेपाल बैंक, एनसीसी, नेपाल एसबीआई, सेन्चुरी बैंकसँग सम्झौता गरेको छ । यसैगरी दराजले ज्योति विकास बैंक, सांग्रिला, सिद्धार्थ बैंक, हिमालयन बैंक र कामना सेवा बैंकसँग पनि साझेदारी गरेको जनाएको छ । कम्पनीका अनुसार प्रि–पेमेन्ट छुटहरू अभियानको अवधिमा सीमित अवधिको लागि मात्र प्रत्यक्ष हुनेछ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x