Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनिष्पक्ष निर्वाचन हुने राष्ट्रपतिको विश्वास

निष्पक्ष निर्वाचन हुने राष्ट्रपतिको विश्वास


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचन निष्पक्ष हुने विश्वास व्यक्त गरेकी छिन् । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त एवं पदाधिकारीहरूसँगको भेटवार्ताका क्रममा राष्ट्रपति भण्डारीले निर्वाचन भयरहित वातावरणमा स्वच्छ, स्वतन्त्र र निष्पक्ष गराउन आयोगले कुनै कसर बाँकी नराख्ने विश्वास व्यक्त गरेकी हुन् ।

निर्वाचनको व्यवस्थापन र तयारीका लागि आयोगले देखाएको क्रियाशीलताप्रति सन्तोष व्यक्त गर्दै उनले निर्वाचनको निष्पक्षता कायम गर्ने विषय आयोगको मात्र नभई राजनीतिक दल, उम्मेदवार एवं सम्बन्धित सबै सरोकारवाला र समुदायको पनि भएको हुँदा सबैको सहयोग, समन्वय र अन्तरसम्बन्धबाट निर्वाचन सम्पन्न हुने विश्वास व्यक्त गरिन् ।

राष्ट्रपति भवन शीतल निवासमा भएको सो भेटवार्तामा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले निर्वाचनको व्यवस्थापन र तयारीका बारेमा राष्ट्रपतिलाई जानकारी गराएका थिए । सो अवसरमा आयोगका आयुक्तहरू रामप्रसाद भण्डारी र डा जानकीकुमारी तुलाधर, सचिव गोकर्णमणि दुवाडी र सहसचिव शालिग्राम शर्मा पौडेलसमेतको सहभागिता रहेको आयोगका सहायक प्रवक्ता कमल भट्टराईले जानकारी दिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x