Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारचारवटा प्रदेशको सम्पूर्ण मतपत्र ढुवानी

चारवटा प्रदेशको सम्पूर्ण मतपत्र ढुवानी


काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि चारवटा प्रदेशको सम्पूर्ण मतपत्र ढुवानी सम्पन्न गरिसकेको जनाएको छ ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि मतपत्र ढुवानी सम्पन्न गरिएको हो । बिहीबार मनाङ र मुस्ताङ जिल्लाका लागि आवश्यक मतपत्र हेलिकप्टरमार्फत ढुवानी भएसँगै चार वटा प्रदेशको मतपत्र ढुवानी सम्पन्न भएको आयोगले जनाएको छ । आयोगका अनुसार शुक्रबारदेखि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत प्रदेश नं. १ को मतपत्र ढुवानी सुरु हुनेछ ।

समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र भने यसअघि नै ढुवानी सम्पन्न भइसकेको छ । यस पटक पहिलो हुने निर्वाचित हुने तथा समानुपातिक निर्वाचन प्रणालीका लागि एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदाताका लागि करिब आठ करोड मतपत्र आवश्यक पर्नेछ । जसमध्ये अब २५ लाख ९४ हजार मतपत्र मात्र छपाइ हुन बाँकी छ । शुक्रबारसम्म सबै मतपत्र छपाइ सम्पन्न हुनेछन् भने कात्तिक २५ गतेसम्ममा प्रत्येक निर्वाचन अधिकृतको कार्यलयमा मतपत्र समेत पुग्ने आयोगले जनाएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x