युरोपमा ग्यासको अभाव हुनसक्छ
ब्रसेल्स । युक्रेन युद्धका कारण रूसले ग्यासको आपूर्तिमा कटौती गरिरहेको अवस्थामा युरोपले अर्को वर्ष प्राकृतिक ग्यासको अभाव हुन नदिन तत्काल कदम चाल्नुपर्ने अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले बिहीबार चेतावनी दिएको छ ।
सन् २०२३ को ग्रीष्मऋतुमा आफ्नो अर्थतन्त्रलाई चलायमान बनाउन र भण्डारण स्थललाई पर्याप्त मात्रामा भर्न आवश्यक पर्ने ३० अर्ब घनमिटर ग्यास अभाव हुनसक्ने पेरिसस्थित एजेन्सीले एक प्रतिवेदनमा उल्लेख गरेको छ ।
आईईएका अनुसार यदि रूसले पाइपलाइनमार्फत हुने इन्धन आपूर्तिलाई पूर्ण रूपमा बन्द ग¥यो र चीनले तरलीकृत प्राकृतिक ग्याँसको आयात बढायो भने गयस अभाव हुनेछ । यूरोपले रूसी आपूर्ति प्रतिस्थापन गर्न चीनमाथि भरोसा गरेको छ । रूसले युक्रेनमाथि गरेको आक्रमणलाई लिएर पश्चिमा प्रतिबन्धको प्रतिशोधस्वरूप युरोपलाई आपूर्तिमा भारी कटौती गरेको थियो, तर यो क्षेत्र आगामी हिउँदका लागि भण्डारण स्थलहरू भर्न सक्षम भएको यसअघि बताइएको थियो ।
मस्कोले यस वर्ष युरोपलाई ६० अर्ब घनमिटर ग्यास आपूर्ति गरेको छ । आईईएले एक रिपोर्टमा बताएअनुसार रूसले सन् २०२३ मा त्यति नै रकम उपलब्ध गराउने सम्भावना निकै कम छ र यसले पूर्ण रूपमा आपूर्ति बन्द गर्न सक्छ । विकसित देशहरूलाई ऊर्जा नीतिबारे सल्लाह दिने निकाय आईईएले आगामी वर्ष अभावको जोखिमबाट बच्न युरोपले ‘तत्काल कदम चाल्नुपर्ने’ बताएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- लेबनानमा युद्धविराम घोषणा
- सहकारी नियमन गर्न तीन महिनाभित्र बनाउनु पर्ने निकाय गठनको काम कहाँ पुग्यो?
- डेडिकेटेड फिडर तथा ट्रंकलाइन बक्यौता रहेका उद्योग सञ्चालकहरुको घरमा प्राधिकरणको लाइन काट्ने तयारी
- वन मुद्दामा आरोपित भीआईपी व्यापारी धरौटीमा छुट्नुको रहस्य !
- बक्यौता उठाउन प्राधिकरणको नयाँ जुक्ति
- पहाड र तराईका केही स्थानमा हुस्सु, बाँकी भागमा मौसम सफा
- यस्तो आजका लागि विदेशी मुद्राको विनिमय दर
- विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया