सेप्टेम्बरमा अमेरिकी व्यापारघाटा बढ्यो
वासिङटन् । अमेरिकी व्यापारघाटा लगातार पाँच महिनासम्म गिरावट भएपछि सेप्टेम्बरमा भने बढेको छ । सरकारी तथ्यांकका अनुसार खाद्य र ऊर्जा निर्यातमा चिसोपन देखिएको छ भने ‘सेमिकन्डक्टर’ र उपभोग्य वस्तुजस्ता उत्पादनको आयातमा वृद्धि भएको छ ।
कम्पनीहरूले उपभोक्ताहरूको बढ्दो माग पूरा गर्न घट्दो सूचीहरू भर्न हतार गरे पनि विश्लेषकहरूले संयुक्त राज्य अमेरिकामा घरेलु माग कमजोर हुन सक्ने चेतावनी दिएका छन् । बलियो डलर र सुस्त वैश्विक वृद्धिले अमेरिकी निर्यातलाई कम गर्ने उनीहरूले बताएका छन् ।
वाणिज्य विभागको तथ्यांकअनुसार सेप्टेम्बरमा समग्र व्यापार घाटा बढेर ७३ अर्ब ३० करोड अमेरिकी डलर पुगेको छ । कच्चा तेल र भटमासजस्ता खाद्य पदार्थ र औद्योगिक आपूर्तिमा आएको गिरावटका कारण निर्यात २५८ अर्ब डलरमा झरेपछि यो आयात वृद्धि विश्लेषकहरूको अपेक्षाभन्दा माथि देखिएको हो ।
सेमिकन्डक्टर र सेलफोनलगायत उपभोग्य वस्तुको आपूर्तिबाट आयात बढेर तीन सय ३१.३ अर्ब डलर पुगेको छ । सेप्टेम्बरमा चीनसँगको अमेरिकी घाटा १.४ अर्ब डलर घटेर ३२.१ अर्ब डलरमा झरेको तथ्यांकले देखाएको छ । अमेरिकी उपभोक्ताहरूबाट बलियो माग भए तापनि बढ्दो मुद्रास्फीतिले ग्राहकहरू पछि हट्नसक्ने चिन्ता बढाएको छ । यसले गर्दा अमेरिकी फर्महरू थप सतर्क भएका छन् ।
अमेरिकी फेडरल रिजर्भले अर्थतन्त्रलाई स्थ्रि बनाउन र बढ्दो मूल्यलाई कम गर्न आक्रामक रूपमा ब्याज दरहरू बढाइरहेको छ । बुधबार लगातार चौथो पटक ब्याज दर वृद्धिको घोषणा गर्दै धेरै परिवारहरूले आफ्नो आयको ठूलो हिस्सा मुख्य सामानहरूमा खर्च गर्नुपरेको छ ।
उच्च ब्याज दरले अमेरिकी डलरलाई पनि बलियो बनाएको छ, जसले अमेरिकी सामानहरू तुलनात्मक रूपमा बढी महँगो बनाएको छ, जसले निर्यातमा असर पार्न सक्छ । ‘हाई फ्रिक्वेन्सी इकोनोमिक्स’की अर्थशास्त्री रुबेला फारुकीले एक विश्लेषणमा भनेकी छिन्, ‘भविष्यमा व्यापार प्रवाह कमजोर हुने सम्भावना छ ।’
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- मकवानपुरमा सुतिरहेका साथीको साबेल प्रहार गरी हत्या
- सिटिजन्स बैंकको कम्पनी सचिवमा प्रमेशराज कायस्थ
- ५५ करोड बराबरको अनलाइन जुवा खेलाउने व्यक्ति पक्राउ
- ‘अस्पतालको फार्मेसीमा सबै औषधि उपलब्ध हुनुपर्छ’
- कार्टेलिङ गरी सिमेण्टमा मूल्यवृद्धि
- विराटनगरमा मैथिली भाषाको अन्तर्राष्ट्रिय अवार्ड हुने
- नयाँ स्टक एक्सचेन्ज र पुँजीबजार
- राजनीतिकोे उतारचढावमा सेयरबजार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया