क्यानडाद्वारा चिनियाँ कम्पनीसँगको सम्झौता खारेज
ओटावा । क्यानडाले चिनियाँ कम्पनीसँग गरेका खनिज सम्झौता खारेज गरेको छ । राष्ट्रिय सुरक्षालाई दृष्टिगत गरी तीन वटा चिनियाँ कम्पनीसँगको सम्झौता कार्यान्वयन नगर्ने निर्णयमा क्यानडा पुगेको हो । साथै उसले ती कम्पनीलाई सम्झौताबाट बाहिरिन आदेश पनि दिएको छ ।
क्यानडाका विज्ञान एवम् उद्योगमन्त्री फ्रान्कोइस फिलिप स्याम्पेनले खनिज क्षेत्रमा संलग्न देशका कम्पनीको लगानीको समीक्षापछि सरकार उक्त निर्णयमा पुगेको बताएका छन् । मन्त्री स्याम्पेनका अनुसार प्रत्यक्ष वैदेशिक लगानीलाई स्वागत गर्ने देशको नीति भएपनि मुलुकको राष्ट्रिय सुरक्षा तथा महत्वपूर्ण खनिज आपूर्ति शृङ्खलामा समस्या हुन नदिन उक्त निर्णय गरिएको हो ।
चीनले विश्वभरका दुर्लभ खनिज तत्वमाथि आफ्नो प्रभुत्व कायम गरिरहेका बेला क्यानडाको उक्त निर्णय सार्वजनिक भएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- ऊर्जामन्त्री खड्काद्वारा ढल्केवर सबस्टेसनको निरीक्षण
- पन्ध्रौँ इक्यान शैक्षिक मेला असोज १३ गते
- २५ सय बिन्दुमा खुम्चियो शेयर बजार
- शुक्रराज अस्पतालमा सरुवा रोगका बिरामीको चाप बढे
- देशका गौरब र पहिचान भनेकै भाषा, साहित्य, संस्कृति: राष्ट्रपति पौडेल
- नेपालको अर्थतन्त्र सुधार हुँदै: आईएमएफ उपनिर्देशक
- काठमाडौंमा अमूर्त सांस्कृतिक सम्पदासम्बन्धी अन्तर्राष्ट्रिय सेमिनार
- ‘कनेक्टिङ कर्णाली’अन्तर्गत काठमाडौंमा मगुका तस्वीर-भिडियो प्रदर्शन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया