नेपाली युवा उद्यमी मञ्चको पोखरा लोमान्थाङ मोटर -याली
पोखरा । नेपाली युवा उद्यमी मञ्च (एनवाइइएफ)ले पोखरा–लोमान्थाङ मार्गमा मोटर -याली आयोजना गरेको छ । कास्कीको पोखरादेखि चीन र नेपालको सिमाना कोरलासम्मको -याली बिहीबार पोखराबाट सुरु भएको हो ।
आइतबारसम्म हुने उक्त मोटर -यालीको नारा ‘आन्तरिक पर्यटनका लागि सबैसँगै’ रहेको छ । नेपाल पर्यटन बोर्ड गण्डकी शाखा प्रमुख काशीराज भण्डारीले झण्डा हल्लाएर -याली उद्घाटन गर्दै सहभागी टोलीलाई विदाइ गरेकी थिइन् ।
कोरोनापछि थलिएको पर्यटन क्षेत्रलाई यस -यालीले माथि उकास्न सहयोग गर्ने प्रमुख उनले बताइन् । यस कार्यक्रमले आपसी भाइचारा बढाउँदै आन्तरिक तथा बाह्य पर्यटनमा सहयोग पुग्ने प्रमुख भण्डारीको भनाइ थियो । भविष्यमा उद्योगको क्षेत्रमा समेत योगदान पु-याउनसक्ने युवा उद्यमीले -याली आयोजना गर्नु नै हरेक क्षेत्रबाट महत्वपूर्ण रहेको उनले बताइन् । सातवटै प्रदेशका विभिन्न च्याप्टरका ६० भन्दा बढी सदस्य तथा युवा उद्यमी -यालीमा सहभागी छन् । आन्तरिक पर्यटनलाई प्रवर्द्धन गर्न मोटर -याली देशव्यापीरुपमा आयोजना गर्दै जाने नेपाली युवा उद्यमी मञ्चका केन्द्रीय अध्यक्ष रितेश लामिछानेले जानकारी दिए । मञ्चले यसभन्दा अघि मेची महाकाली मोटर -याली गरिसकेको छ ।
स्थानीय संस्कृतिलाई प्रचारप्रसार गर्न यसले टेवा पु-याउने नेपाली युवा उद्यमी मञ्च पोखरा च्याप्टरका अध्यक्ष सुयस मल्लले बताए । यसबाट मुस्ताङको भौगोलिक अवस्था र संस्कृति बुझ्नाका साथै सबै च्याप्टरका पदाधिकारीबीच भेटघाट गर्नु भ्रमणको मुख्य उद्देश्य रहेको र यसबाट गण्डकी प्रदेशको पर्यटन क्षेत्रमा केही भए पनि राहत मिल्ने उनले जानकारी दिए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- ऊर्जामन्त्री खड्काद्वारा ढल्केवर सबस्टेसनको निरीक्षण
- पन्ध्रौँ इक्यान शैक्षिक मेला असोज १३ गते
- २५ सय बिन्दुमा खुम्चियो शेयर बजार
- शुक्रराज अस्पतालमा सरुवा रोगका बिरामीको चाप बढे
- देशका गौरब र पहिचान भनेकै भाषा, साहित्य, संस्कृति: राष्ट्रपति पौडेल
- नेपालको अर्थतन्त्र सुधार हुँदै: आईएमएफ उपनिर्देशक
- काठमाडौंमा अमूर्त सांस्कृतिक सम्पदासम्बन्धी अन्तर्राष्ट्रिय सेमिनार
- ‘कनेक्टिङ कर्णाली’अन्तर्गत काठमाडौंमा मगुका तस्वीर-भिडियो प्रदर्शन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया