वाणिज्य विभागद्वारा एसियन पेन्ट्सको गोदाममा छापा
मिति सकिएको रंग बिक्री गरेको पुष्टि
काठमाडौं । एसियन पेन्ट्स नेपाल प्रालिले मिति सकिएको तथा रंगको डिब्बामा सुरुमा रहेको लेबल हटाई नयाँ मिति र मूल्यसहितको स्टिकर टाँसी ग्राहकहरूलाई झुक्याएर बेच्दै आएको फेला परेको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनको क्रममा एसियन पेन्ट्सले बजारमा बिक्री गर्न लैजान लागेको रंगमा यस्तो काम गरेको फेला परेको हो ।
पेन्ट्सको गोदामबाट वाणिज्य विभागले उपयोग मिति सकिएका तथा रंगको डिब्बामा सुरूमा रहेको लेबल हटाई नयाँ मिति र मूल्यसहितको स्टिकर टाँसेर रिलेबलिङ गरी बिक्रीका लागि बजार लैजान तयारी अवस्थामा राखेको करिब आठ हजार थान रंगको डिब्बा (टिन) नियन्त्रणमा लिएको छ । काठमाडौंको सतुङ्गल र ललितपुरको बालकुमारीस्थित गोदाममा राखिएका उल्लिखित रंगको बजार मूल्य करिब एक करोड २० लाख रहेको छ ।
उपयोग अवधि गुज्रेका तथा वास्तविक मूल्यलाई मेटेर बढी मूल्यसहित रिलेबलिङ गरिएका एसियन पेन्ट्सका रंग बजारमा बिक्री भएको पाइएपछि विभागले कम्पनीको उपत्यकास्थित दुईवटा गोदाममा एकै पटक छापा मारेको थियो ।
वाणिज्य विभागले छापा मारेर नियन्त्रणमा लिएको रंगलाई हाल विभागको बबरमहलस्थित कार्यालय परिसरमा राखिएको छ । एसियन पेन्ट्सलाई उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम कारबाही गर्नुका साथै नियन्त्रणमा लिइएको रंगलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरि नष्ट गरिने वाणिज्य विभागले जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- ऊर्जामन्त्री खड्काद्वारा ढल्केवर सबस्टेसनको निरीक्षण
- पन्ध्रौँ इक्यान शैक्षिक मेला असोज १३ गते
- २५ सय बिन्दुमा खुम्चियो शेयर बजार
- शुक्रराज अस्पतालमा सरुवा रोगका बिरामीको चाप बढे
- देशका गौरब र पहिचान भनेकै भाषा, साहित्य, संस्कृति: राष्ट्रपति पौडेल
- नेपालको अर्थतन्त्र सुधार हुँदै: आईएमएफ उपनिर्देशक
- काठमाडौंमा अमूर्त सांस्कृतिक सम्पदासम्बन्धी अन्तर्राष्ट्रिय सेमिनार
- ‘कनेक्टिङ कर्णाली’अन्तर्गत काठमाडौंमा मगुका तस्वीर-भिडियो प्रदर्शन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया