आईएमई दशैँ अफरको आठौँ र नवौँ हप्ताको विजेता घोषणा
काठमाडौं । दशैँ, तिहार, छठ र नेपाल सम्वत् जस्ता चाडपर्वहरूका अवसरमा आईएमईले सञ्चालनमा ल्याएको आईएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा नामक सेवाग्राहीमुखी उत्सव अफरअन्तर्गत आठौँ र नवौँ हप्ताका विजेता सार्वजनिक गरेको छ ।
काठमाडौँ पानीपोखरीस्थित केन्द्रीय कार्यालयमा बिहीबार फेसबुक लाइभमार्फत सार्वजनिक गरिएको नतिजाअनुसार कतार र जापानबाट आईएमईमार्फत पैसा पठाउने सेवाग्राहीहरू रन्जीत कुमार यादव र दीर्घराज जोशी आठौँ हप्ताका लागि साप्ताहिक विजेता छनोट भएका छन् । त्यस्तै करुण अधिकारी र शिवजीप्रसाद गोपाल शाह नवौँ हप्ताको लागि साप्ताहिक विजेता छनोट भएको कम्पनीले जनाएको छ । उनीहरूले क्रमशः संयुक्त अरव इमिरेट्स र कुवेतबाट आईएमईमार्फत नेपालमा रहेका आफन्तलाई यो अफर अवधिमा पैसा पठाएको थिए । चारै जना साप्ताहिक विजेताले जनही २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै सेवाग्राहीहरू रामशरण मण्डल, जोगीराम मेहर शिङ्घ, शिवकुमार साडा, धरम बोहोरा, रमणकुमार शिङ्घ, हिराबहादुर बि.क. र इर्कु पाश्वान आठौँ हप्ताको लागि दैनिक विजेता छनोट भएका छन् । उनीहरुले कतार, कुवेत, बहराइन, मलेसिया, कतार, संयुक्त अरब इमिरेट्स, कतार र जापानबाट आईएमईमार्फत अफर अवधिमा पैसा पठाएका थिए ।
त्यसैगरी शहदेव महरा, प्रमोद कुमार खाङ्ग, विनोद माझी, गोपाल सार्की, आनन्द प्रसाद सुनार, शान्ता राई र दिपेश नकर्मी नवौँ हप्ताका लागि साप्ताहिक विजेता छनोट भएका छन् । उनीहरूले कतार, संयुक्त अरब इमिरेट्स, कुवेत, दक्षिण कोरिया, बहराइन, जापान, संयुक्त अरब इमिरेट्स र कुवेतबाट अफर अवधिमा पैसा पठाएका थिए । उनीहरु प्रत्येकले एक/एक सेट सामसङ मोबाइल उपहारस्वरूप प्राप्त गर्नेछन् । बाँकी सर्वाधिक पुरस्कार राशीको एक बम्पर विजेता छिट्टै विशेष कार्यक्रमको आयोजना गरी सावर्जनिक गरिने कम्पनीले जनाएको छ ।
आईएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा नामक थिममा आधारित यस पटकको स्किमअनुसार विदेशबाट आईएमईमार्फत आएको रकम प्राप्त गर्ने सेवाग्राहीहरूमध्ये दैनिक एक जनालाई सामसङ मोबाइल र हरेक हप्ता आईएमई पे मोबाइल वालेट खातामा रकम प्राप्त गर्ने दुई जनालाई जनही २५ हजार रुपैयाँ उपहारस्वरूप प्रदान गरिने कम्पनीको भनाइ छ । त्यस्तै अफर अवधिमा एक जना भाग्यशाली विजेतालाई १० लाख रुपैयाँ उपहारस्वरूप प्रदान गरिनेछ । कुल ८२ जना सेवाग्राहीहरू प्रत्यक्ष लाभान्वित हुने यस अफर गत भदौ १६ गतेदेखि कात्तिक १६ गतेसम्म कुल नौ हप्ता अर्थात् ६३ दिन चलेको थियो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- ऊर्जामन्त्री खड्काद्वारा ढल्केवर सबस्टेसनको निरीक्षण
- पन्ध्रौँ इक्यान शैक्षिक मेला असोज १३ गते
- २५ सय बिन्दुमा खुम्चियो शेयर बजार
- शुक्रराज अस्पतालमा सरुवा रोगका बिरामीको चाप बढे
- देशका गौरब र पहिचान भनेकै भाषा, साहित्य, संस्कृति: राष्ट्रपति पौडेल
- नेपालको अर्थतन्त्र सुधार हुँदै: आईएमएफ उपनिर्देशक
- काठमाडौंमा अमूर्त सांस्कृतिक सम्पदासम्बन्धी अन्तर्राष्ट्रिय सेमिनार
- ‘कनेक्टिङ कर्णाली’अन्तर्गत काठमाडौंमा मगुका तस्वीर-भिडियो प्रदर्शन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया